काठमाण्डौ उपत्यकामा आज १ हजार ८ सय ८८ सङ्क्रमित थपिए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक १४, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक १४, काठमाण्डौ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा एक हजार आठ सय ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाण्डौमा एक हजार पाँच सय आठ जना, भक्तपुरमा एक सय ३१ जना र ललितपुरमा दुई सय ४९ जनामा सङ्क्रमण देखिएको हो ।
त्यस्तै गएको २४ घण्टामा १४ हजार नौ सय ८९ जनाको नमुना सङ्कलन भएकोमा देशैभर तीन हजार पाँच सय १७ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्यासँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या एक लाख ६८ हजार दुई सय ३५ पुगेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस