धादिङ सलाङघाटमा स्कार्पियो दुर्घटना, ५ घाइते, २ को अवस्था गम्भीर !

Post Thumbnail

कार्तिक १४, धादिङ । धादिङको पृथ्वीराजमार्गस्थित सलाङघाटमा सवारी दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । बा १२ च ४४१० नम्बरको स्कार्पियो सडकबाट खोल्सामा खसेर दुर्घटना भएको थियो । अहिले सबै घाइतेको उद्दार गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिएसपि युवराज खड्काले जानकारी दिए ।

घाइतेहरुको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएका मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । बुटवलबाट काठमाण्डौ तर्फ आउँदै गरेको स्कार्पियो खोल्सामा खसेर दुर्घटना भएको हो ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस