आईपीएलमा राजस्थानको जित, प्ले अफको सम्भावना कायमै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ कार्तिक १५, शनिबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

यूएईमा जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले किङ्स इलाभेन पन्जाबलाई पराजित गरेको छ । आबुधाबीमा शुक्रबार राति भएको खेलमा राजस्थानले पन्जाबलाई ७ विकेटले पराजित गरेको हो । पन्जाबलाई हराएसँगै राजस्थान तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । जितसँगै राजस्थानले प्ले अफ सम्भावना कायम राखेको छ ।

राजस्थानले १३ खेलमा १२ अंक जोडेको छ । पन्जाबले पनि १३ खेलमा १२ अंक नै जोडेको छ । पन्जाब तालिकाको चौंथो स्थानमा यथावत रहेको छ । राजस्थानले पन्जाबलाई हराएसँगै प्ले अफ होड रोमान्चक मोडमा पुगेको छ । प्ले अफमा तीन टिम पुग्न बाँकी रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस