कोरोनाले कांग्रेस नेता विश्वकर्माको स्वास्थ्य गम्भीर

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ कार्तिक १५, शनिबार (३ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

कार्तिक १५, काठमाडौ । कोरोना संक्रमणका कारण अस्वस्थ भई राजधानीको ग्रान्डी अस्पतालमा उपचाररत कांग्रेस निकट दलित संघका अध्यक्ष तथा नेता मीन विश्वकर्मालाई फोक्सोमा निमोनिया देखिएपछि नन इनभेसिफ भेन्टिलेटरमा राखिएको छ ।

हाल उनको स्वास्थ्य अवस्था स्थीर रहेको अस्पताल स्रोतले शुक्रबार जानकारी दिएको छ । कात्तिक १ गते संक्रमण देखिएका विश्वकर्मा श्वासप्रश्वासमा समस्या देखिएपछि वीर अस्पतालमा भर्ना भएका थिए । वीरमा उनको स्वास्थ्यमा सुधार नआएपछि उनलाई ग्रान्डी अस्पताल लगिएको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस