तिहारमा भारतबाट फूल नल्याइने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ कार्तिक १५, शनिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कार्तिक १५, काठमाडौं । यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ । बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले भारतबाट फूल नल्याइने व्यवसायीहरू बताउँछन् । तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउने गरिएको थियो । गत वर्षको तिहारमा २५ लाख माला खपत हुँदा तीन लाख माला भारतबाट ल्याइएको थियो । तर यसवर्ष १५ लाख मात्र मालाको माग रहेको र यो नेपाली उत्पादनले धान्ने फ्लोरीकल्चर एशोसिएशनका अध्यक्ष कुमार कसजू श्रेष्ठले बताउँछन् ।

यस वर्ष समय समयमा पानी परिरहेकाले काठमाडौँ उपत्यकाकासहित तराईका केही जिल्लामा फूलको राम्रो उत्पादन भएको छ । उनका अनुसार अघिल्ला वर्षको तुलनामा यस वर्षको तिहारमा उपभोक्ताले केही बढी मूल्य तिर्नुपर्ने देखिन्छ । एउटा सयपत्री मालाको मूल्य रु ६० देखि ७० सम्म तिर्नुपर्ने एशोसिएशनलेका अध्यक्ष श्रेष्ठले बताउँछन् ।

कारोवारमा कमी
यस वर्ष फूलको कारोवारमा कमी आउने देखिन्छ । कोरोनाका कारण गत चैतदेखि असारसम्म फूलको कारोवार शून्य रहेको र पछिल्लो समय नगन्य मात्रामा कारोवार भएकाले अपेक्षाअनुरुप कारोवार नहुने भएको हो ।
अघिल्ला वर्षमा रु दुई अर्ब ४२ करोडको फूलको कारोवार हुने गरेको थियो । चालू आवमा रु तीन अर्ब फूलको कारोवार हुने अनुमान गरे पनि कारोनाका कारण बजारमा चहलपहल नहुँदा अनुमानभन्दा कम हुने निश्चित छ ।

तिहार र अन्य मौसममा गरी रु ११ करोड बराबरको फूल वर्षिकरूपमा विदेशबाट आयात गरिँदै आएको छ । यसअघि कात्तिकदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गरेको छ । रासस

ताजा अपडेट

खोजी गर्नुहोस