‘पछिल्ला विवादबारे सचिवालय बैठकमा छलफल गर्नुपर्छ’ : प्रचण्ड

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक १५, शनिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक १५, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग पछिल्ला विवादबारे सचिवालय बैठकमा छलफल गरेर निकास निकाल्नुपर्ने बताएका छन् ।

शनिवार बालुवाटरमा भएको भेटमा दुई अध्यक्षबीच रअ प्रमुख सामन्त गोयल र प्रधानमन्त्रीबीचको भेट, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्धको अविश्वासको प्रस्ताव लगायतका विषयमा छलफल भएको थियो । प्रचण्डले यी विषयमा सचिवालय बैठकमा छलफल गर्नुपर्ने प्रस्ताव राखेको उनी निकट स्रोतले जानकारी दियो । तर, सचिवालय बैठकको मिति भने तय भइसकेको छैन् । दुई अध्यक्षबीच तिक्कता बढेपछि ११ दिनयता भेटघाट हुन सकेको थिएन्।पछिल्लोपटक नेकपामा विवाद चर्किदै गएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस