मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेचिलो ! कुन सांसद कसको गुटमा ? (यस्तो छ अंकगणित)

Post Thumbnail

कार्तिक १५,काठमाडौँ । दर्शैँ सकिएसंगै नेपाली राजनिति तात्ने संकेत देखिएको छ । बागमती प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी नेकपाकै अगुवार्यमा मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी अन्तिम चरणमा पुगेको एक नेताले अनलाईनकेन्द्रलाई बताए । केन्द्रमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले अर्का अध्यक्ष प्रचण्डलाई पेल्ने निति अख्तियार गरेसंगै अर्का बरिष्ठ नेता माधव नेपाल र प्रचण्ड अर्को रणनिति तयार गर्न जुटेका छन् । यसो त कर्णाली प्रदेशमा महेन्द्र बहादुर शाही विरुद्ध ओली पक्षका नेताको अगुवाईमा अविश्वासको प्रस्ताव ल्याइएपछि प्रचण्ड ओलीप्रती कडा बनेको स्रोत बताउछन् ।

शनिवार लामो संवादहिनतालाई तोड्दै बालुवाटारमा ओली–प्रचण्डबीच भेटघाट भएपनि खासै सकारात्मक छलफल नभएको प्रचण्ड स्रोत बताउछ । यही अवस्थामा अब बागमतीमा मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन प्रचण्ड–नेपाल सहमत भएका छन् । पौडेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन यसभन्दा अघिपनि धेरैपटक छलफल भएको थियो ।

त्यसबेला सहमतीको राजनितिलाई भत्काउन नहुने आवाज नेपाल पक्षबाट आएपछि सो प्रस्ताव हस्ताक्षर अभियानमै टुंगिएको थियो भने पार्टीभित्रको विवाद समाधान गर्न बनेको समितीले केही प्रदेशको मुख्यमन्त्री हेरफेर गर्न सुझाव दिएपछि सो सुझाव ओलीले कार्यान्वय गर्लान भन्ने विश्वास थियो । त्यसपछि पनि ओलीले सरकारको मन्त्री , केही नियुक्ती पनि आफ्नै ढंगले गरेपछि प्रचण्ड बिच्किएका थिए । अव भने बागमतीमा मुख्यमन्त्री परिवर्तन मुख्य एजेण्डा रहेको र केन्द्रको कुनैपनि हस्तक्षेप नटेर्ने मनस्थितीमा नेताहरु पुगेको बताइन्छ । मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउदा प्रचण्ड–नेपाल पक्षको स्पष्ट बहुमत पुग्ने अंकगणितले देखाउछ ।

कसको पक्षमा कति सांसद ?

बागमती प्रदेशमा कुल सांसदको संख्या ११० रहेको छ । नेकपाका ८०, कांग्रेसका २२, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टी दुई–दुई, साझा पार्टी तीन र स्वतन्त्र १ प्रदेशसभा सदस्य रहेका छन् ।

संसदीय अंकगणितमा नेकपाका ८० सांसदमध्ये अध्यक्ष ओली पक्षमा ३४, अर्का अध्यक्ष प्रचण्डका २१ र वरिष्ठ नेता माधव नेपालका २५ सांसद रहेका छन् ।

केन्द्रमा कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले अगाडि बढ्न चाहेमा बागमती प्रदेशमा अविश्वासको प्रस्तावका लागि स्पष्ट बहुमत पुग्छ । अविश्वासको प्रस्तावको तयारीमा प्रचण्ड पक्षका २१ र वरिष्ठ नेता नेपाल पक्षका २५ गरेर ४६ सांसद छन् । यो नेकपा प्रदेशसभाको बहुमत संख्या हो ।

कुन सांसद कसको गुटमा ?

-ओली पक्षका सांसद

अजयक्रान्ती शाक्य, आशामाया लामा, कृष्ण प्रसाद भुर्तेल, केशव राज पाण्डे, केशव स्थापीत, कैलाश प्रसाद ढुङ्गेल, गणेश प्रसाद दुलाल, गोमा भुर्तेल, चन्द्र बहादुर लामा, चेतनाथ संजेल, जुनेली मायाँ श्रेष्ठ, डोरमणी पौडेल, दावा दोर्जे लामा, दीपक निरौला, नारायण बहादुर सिलवाल, प्रदिप कुमार कुटुवाल क्षेत्री(के.सी.), बद्री मैनाली, बसुन्धरा हुमागाई, वेली मैया घले, मणिराम फुयाल, मैना आछामी, योगेन्द्र राज संग्रौला, राजेस शाक्य, डा. रामकुमार अधिकारी, रामेश्वर फुयाल, विजय सुवेदी, शशि जंग थापा , शान्ति थिङ्ग, सरस्वती बस्नेत, सरस्वती बाटी, सरेश नेपाल, सानु कुमार श्रेष्ठ, सीता लामा, ज्ञानेन्द्र शाक्य

-नेपाल पक्षका सांसद

अरुण नेपाल, अष्टलक्ष्मी शाक्य, इन्द्रमाया गुरुङ, उर्मिला कर्माचार्य, कुसुम कुमार कार्की, कृष्ण प्रसाद शर्मा खनाल, केशव प्रसाद पोखरेल, जिवन खड्का, देवकी श्रेष्ठ, पशुपति चौलागाई, पार्वती सिलवाल, प्रकाश श्रेष्ठ, भावना सुवेदी, मुनु सिग्देल, माधव प्रसाद पौडेल, मिना ज्ञवाली नेपाल, रचना खड्का, रमा आले मगर,राज काजी महर्जन, राजेन्द्र प्रसाद पाण्डे, डा. राजेन्द्र मान श्रेष्ठ, लक्ष्मण लम्साल, वसन्त प्रसाद मानन्धर, विनोद कुमार खड्का, शान्तिप्रसाद पौडेल

-प्रचण्ड पक्षका सांसद

आङदेण्डी लामा, ओम बहादुर ग्लान, कञ्चन खनाल, कुमारी मुक्तान, घनश्याम दाहाल, जगत बहादुर सिम्खडा, दिनेश महर्जन, प्रतिमा श्रेष्ठ, प्रेम बहादुर पुलामी, युवराज दुलाल, रत्न प्रसाद ढकाल, राधिका तामाङ, रामलाल महतो, लेखनाथ दाहाल, विशाल खड्का, बुद्धिमान माझी, शालिकराम जम्कट्टेल, सीता अधिकारी, हिमाली गोले , हिरानाथ खतिवडा, लालकुमारी पुन

 

ताजा अपडेट

खोजी गर्नुहोस