आईपीएलमा आज शीर्षस्थानको मुम्बईसँग भिड्दै हैदराबाद

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ कार्तिक १८, मंगलबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कार्तिक १८, काठमाडौं । आईपीएलको १३ औँ सीजनको ५६ औँ म्याचमा आज अंकतालिकाको शीर्ष स्थानमा रहेको मुम्बई इण्डियन्स र सनराइजर्स हैदराबादबीच खेल हुँदैछ । आज साँझ पौने ८ बजे हुने खेलमा हैदराबादलाई प्लेअफका लागि जित्नै पर्ने दवाव छ । यदि खेल हारेमा कोलकता प्लेअफमा पुग्नेछ ।

मुम्बईले भने प्लेअफमा स्थान पक्का गरिसकेको छ । हैदराबादको नेट रनरेट मुम्बईपछि सबैभन्दा राम्रो छ । यदि हैदराबादले यो खेल हारेमा प्लेअफबाट बाहिरिने चौथो टीम बन्ने छ । चोटका कारण ४ म्याचमा बाहिर रहेका मुम्बईका कप्तान रोहित शर्मा यस म्याचमा खेल्न सक्ने बताइएको छ ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस