पर्सा र बारामा थपिए ११ संक्रमित

दिपू बर्णवाल
कार्तिक १९, वीरगञ्ज । पर्सा र बारामा थप ११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो परिक्षण अनुसार पर्साका २ र बाराका ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । अस्पतालका प्रवक्ता डाक्टर अतुलेशकुमार चौरसियाले दिएको जानकारी अनुसार पर्सामा वीरगञ्जस्थित आर्मी ब्यारेकमा कार्यरत एकजना २५ वर्षीय सैनिक र वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मा एक जना ३४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकाको वडा नम्बर ५ मा एक जना पुरुष, अमलेखगञ्ज नगरपालिकाका एक जना २७ वर्षीय पुरुष र जितपुरसिमरा पमहानगरपालिका वडा नम्बर २ मा तिन जना महिलासहित पाँच जना र वडा नम्बर ३ मा एक पुरुष र एक महिना गरी दुई जना जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकाहरु २५ वर्षदेखि ६६ वर्ष उमेर समुहसम्मका रहेका छन् भने उनीहरुको सिटि भ्यालु २५ देखि ३४ सम्म रहेको डाक्टर चौरसियाले जानकारी दिए ।

संम्बन्धित समचार

Leave a Reply