काठमाण्डौको सुरक्षा व्यवस्था कडा : स्थल सेनाध्यक्ष नरवणेको सुरक्षामा २ हजार प्रहरी परिचालन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक १९, बुधबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक १९, काठमाण्डौ । नेपाल भ्रमणमा आउन लागेका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको सुरक्षाका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले मध्यान्ह भारतीय सैनिकको विशेष विमानमार्फत काठमाडौं आउन लागेका नरवणेमाथि ‘थ्रेट’ विश्लेषण गरेर उनी हिँड्ने रुटमा २ हजार प्रहरी परिचालन गरिएको छ ।

सडकमा सादा पोशाक र बर्दीमा प्रहरी परिचालन गरिएको छ । नेपाली सेनाले पनि ठूलो संख्यामा सादा पोशाकका सैनिक खटाएको छ । ‘लिपुलेक विवाद’मा नरवणेले ‘कसैको ईशारामा नेपालले लिपुलेक मुद्दा उचालेको’ भनेर विवादास्पद अभिव्यक्ति दिएपछि नेपालमा उनको तीब्र बिरोध भइरहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस