प्रधानमन्त्री ओली भन्छन्-‘मैले राजीनामा दिनु भनेको देश बर्बादीतिर जानु हो, ज्यान गए राजीनामा दिन्न’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक १९, बुधबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक १९, काठमाण्डौ । काठमाण्डौ प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पारेका छन् । आज बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै कुनै पनि परिस्थितिमा आफूले राजीनामा नदिने बताएका हुन् ।

उनले भने ‘तपाईँहरु विचार गर्नुस्, के अहिले मैले राजीनामा दिन हुन्छ ? राजीनामा दिन मिल्छ ? मेरो लागि होइन देशको लागि, मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसकारण म राजीनामा दिनेवाला छैन । त्यो मैले दोहोर्‍याएर भनेको छु फेरि केहीले खोइ त राजीनामा भनेर मागिराखेका छन् । बेकारको कुरा हो भन्ने सोच्छु ।’

उनले थपे, ‘म यस ठाउँमा आएको मेरा रहरले होइन, नागरिकको आवश्यकता र समर्थनले हो । म जाल, झेल र तिकडमबाट यहाँ पुगेको होइन । यहाँ पुगेको व्यापक जनसमर्थनबाट हो । त्यसकारण तपाईँहरु ढुक्क भएर काममा लाग्नुस् । यो सरकार फेरिन्छ कि, बदलिन्छ कि भनेर धेरैले धेरैपल्ट धेरै प्रकारका कोसिस गरे । भित्र, बाहिर अनेक थरीका कोसिसहरु आए । जे मा पनि आलोचना गर्ने, जे मा पनि आलोचना गर्ने । त्यस प्रकारका प्रवृत्तिहरू छन्, त्यसबाट प्रभावित नहोऔँ ।’

ताजा अपडेट

खोजी गर्नुहोस