भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपालमा ! (यस्ता छन् उनका कार्यक्रमहरु)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक १९, बुधबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक १९, काठमाण्डौ । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपालमा छन् । भारतीय सेनाको विशेष विमानबाट उनी आइपुगेका हुन ्। प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा नरवणे नेपाल आएका हुन् । उनले नेपाल भ्रमणका क्रममा सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग छलफल लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तर्क्रिरया गर्ने कार्यक्रम छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नरवणेलाई मानार्थ महारथी सम्मान दिने कार्यक्रम तय भएको छ ।

नरवणेले रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटघाट गर्ने कार्यक्रम छ । उनी कात्तिक २१ गतेसम्म नेपाल रहनेछन ्। करिब ७० वर्षदेखि नेपाल(भारतीय सेनाबीच मानार्थ महारथी सम्मान आदानप्रदानको कार्यक्रम हुँदै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस