सेयरमा लगानी गर्दै हुनुहुन्छ ? पढ्नुहोस् १० ‘इन्भेस्टमेन्ट टिप्स्’

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ कार्तिक २०, बिहिबार (३ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

कार्तिक २०, काठमाण्डौ । सेयरमा गरिने लगानी अन्य क्षेत्रमा गरिने लगानीको तुलनामा बढी जोखिम र अनिश्चित हुने गर्दछ । त्यसैले यसमा गरिने लगानी बढी संवेदनशील हुन्छ । यसमा हुने उतारचढावलाई सेयरबजारको सुन्दरता मानिन्छ । स्टक मार्केटमा जोखिम र अनिश्चितताभित्र खेलेर नै मुनाफा आर्जनको अवसर प्राप्त गर्ने हो । जोखिमलाई अवसरमा परिणत गर्न सक्ने व्यक्ति नै यस क्षेत्रमा सफल हुनेगरेका छन् । यसर्थ यसमा लगानी गर्दा बढो बुद्धिमानी र विवेकपूर्ण तरिकाले लगानी गर्नु आवश्यक हुन्छ । हचुवाको भरमा सेयर बजारमा छिर्दा घर सम्पत्ति गुमाएका उदाहरण धेरै छन् । सानो लगानीबाट पनि करोडपति बनेका उदाहरण पनि यही बजारमा छन् । त्यसैले एउटै बजारमा यी दुई अवस्था आउनुका पछाडि कसले धेरै विवेकपूर्ण ढङ्गले विश्लेषण गरेर लगानी गर्यो भन्ने कुरा हो । बजारको राम्रो ज्ञान भएको व्यक्ति करोडपति भयो भने बजारको ज्ञानविना लगानी गरेको व्यक्तिले नोक्सान ब्यहोर्नुपर्यो । त्यसै पनि नेपालको सेयर बजार परिपक्व बन्न सकेको छैन । सीमित बजार क्षेत्र, सूचीकृत कम्पनीमा विविधता नहुनु, एउटै प्रवृत्तिका लगानीकर्ता, मार्केट मेकर र संस्थागत लगानीकर्ताको अभाव, प्राविधिक तथा नीतिगत कुराहरुमा यथोचित प्रगति हुन नसक्नु, लगानीकर्ताहरुमा सेयर साक्षारताको अभाव, बजारमा सूचनाको चुहावट, बजारमा सीमित व्यक्तिको प्रभाव, लगानीकर्ताको कमजोर आत्मविश्वास र हल्ला संस्कृति, नियामकको कमजोर सुपरिवेक्षण जस्ता कारणहरुले नेपाली पुँजी बजार सधैँ अस्थिर बन्ने गरेको छ । यसर्थ पनि आफ्नो लगानीमा जोखिम कम गर्न लगानीकर्ता सधैँ चनाखो हुनुपर्ने देखिन्छ । सेयर बजारलाई पूर्ण रुपमा जोखिमरहित बनाउन सकिन्छ भन्ने त होइन तर तथ्यगत बजार विश्लेषणबाट गरिने लगानीलाई धेरै हदसम्म सुरक्षित गरेर नाफा कमाउन सकिन्छ । सेयरको लगानी सफल बनाउनका लागि केही इन्भेस्टमेन्ट टिप्स् यहाँ प्रस्तुत गरिन्छ ः

१. स्पष्ट योजना बनाउनुहोस्
हामीले बजारमा गएर एउटा चाउचाउ किन्दा त कुन चाउचाउ किन्ने ? कुन कम्पनीको चाउचाउ मीठो छ भन्ने जस्ता योजना बनाएर जान्छौँ भने अझ सेयरमा लगानी गर्दा खरिदपूर्वका योजनाहरु अपरिहार्य हुन्छन् । तपाईंले कतिको लगानी गर्ने हो ? तपाईंले गर्ने लगानी अल्पकालीन गर्ने हो या दीर्घकालीन ? न्यूनतम कति नाफा भएपछि बजारबाट निस्कने हो ? या यदि घाटा नै हुने स्थिति आएमा कतिसम्म होल्ड गर्ने हो ? तपाईंसँग रहेको पुजी ऋणमा हो या होइन ? तपाईंको पुजी कति समयसम्म बजारमा परिचालन गर्न सक्नुहुन्छ यस्ता विविध कुराहरुको स्पष्ट योजना बनाएर मात्र पुजी बजारमा छिर्नु उपयुक्त हुन्छ । मानौं तपाईंले कोहीसँग एक महिनाका लागि ५ लाख ऋण खोजेर सेयरमा लगानी गर्नु भयो । सेयर सधैँ बढ्छ भन्ने ग्यारेन्टी हँुदैन । यदि त्यो एक महिनाको अवधिमा तपाईंको सेयर घटेर ३ लाख मा झर्यो भने तपाईंलाई दुई लाख नोक्सान पर्न जान्छ । किनभने तपाईंसँग प्रयाप्त स्रोत नभएको अवस्थामा त्यो ऋण तिर्नको लागि तपाईंलाई घाटा सहेरै सेयर बेच्ने बाध्यता आइपर्छ । त्यसकारण तपाईंले सकेसम्म दीर्घकालीन लगानीको सोच बनाउनुहोस् । आफ्नो पुँजी कमसेकम पनि ६ महिना एक वर्षसम्म बजारमा रहँदा फरक नपर्ने होस् । चाहे त्यो ऋणमा लिएको होस् या त तपाईंको आफ्नै पैसा । यसो भयो भने यदि सेयरमा घाटा हुने स्थितिमा पनि तपाईंले सेयर होल्ड गरेर आफ्नो लगानी उठेपछि बेच्न सक्नुहुन्छ । तपाईंलाई घाटामै सेयर बेच्नुपर्ने बाध्यता आउँदैन । तपाईंको लगानी सुरक्षित हुन्छ । बजारमा त्यस्ता धेरै लगानीकर्ता भेटिन्छन् जसले आफ्नो पर्याप्त स्रोतविना मुनाफा कमाउने आसमा छोटो अवधिका लागि ऋण खोजेरै लगानी गर्ने अनि बजार घटेको अवस्थामा पनि त्यो ऋण चुक्ता गर्नका लागि लाखौँ घाटा खाएर भए पनि सेयर बेच्ने काम गरेका हुन्छन् । तसर्थ तपाईंको लगानी कस्तो प्रकृतिको हो त्यसैअनुसार लगानी गर्नु आवश्यक हुन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस