निर्मलाका निम्ति न्याय अभियान, शनिबार माइतीघरमा प्रदर्शन हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ भाद्र २८, बिहिबार (५ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

भाद्र २८, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षकी बालिका निर्मला पन्तको न्यायका लागि काठमाडौँको माइतीघरमा आउँदो शनिबार दिउँसो प्रदर्शन हुने भएको छ ।

निर्मलाका निम्ति न्याय अभियानले प्रदर्शन गर्न लागेको हो । शनिबार दिउँसो १ बजे माइतीघर मण्डलामा जम्मा भएर प्रदर्शन सुरु हुने आयोजकले जनाएका छन् ।

निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्नको दोषीको पहिचान अझै हुन सकेको छैन । प्रशासन नै अपराधीलाई लुकाउन लागि परेको आरोप लागिरहेको छ ।

सरकारले घटनाका सम्बन्धमा छानबिन गरी सत्य बाहिर ल्याउनका लागि अनुसन्धान समिति गठन गरेको छ । अहिले निर्मलाको न्यायका लागि दबाब दिन भन्दै उनका बुवाआमासहित कञ्चनपुरका अगुवा महिला अधिकारकर्मीहरु काठमाडौँमा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस