पालिकासंग संवाद श्रृङखला –३: थाक्रे गाँउपालिकाको गेमचेन्जर कार्यक्रमले के–के गदैछ ? अध्यक्ष आचार्य के भन्छन् ?

मुलुक संघिय प्रणालीमा गएपछि यतिबेला केन्द्र,प्रदेश र स्थानीय तह तिनवटा सरकारका रुपमा रहेका छन् । देशभरी स्थानीय सरका आएपछि विकाश,निर्माण,सामाजिक सुरक्षा,रोजगारीका कामहरुले गति लिएका छन् । यद्यपी जुन अनुपातमा मुलकको विकासमा केन्द्र,प्रदेश र स्थानीय सरकारले काम गरेर देखाउनुपर्ने हो त्यो भने देखिएको छैन । तर आम नागरिकले केन्द्र र प्रदेश भन्दा नजिकको सरकारको आभाष स्थानीय सरकारबाट गरेका छन् ।

त्यस्तै आभाष दिलाउने स्थानीय पालिका हो,धादिङको थाक्रे गाँउपालिका । जुन पालिकाले विकाश,सुशासन,सामाजिक चेतना, शिक्षा,स्वास्थ्य,रोजगारी लगायतका थुप्रै क्षेत्रमा माथिल्लो श्रेणीको काम गरिरहेको छ । कतिपय योजना त देशका अन्य पालिकाले समेत अपनाउन सक्ने गरी नमुना योजनाहरु कार्यान्वयन भइरहेका छ । हामीले यसै सन्दर्भमा रहेर थाक्रे गाँउपालिकाका अध्यक्ष रामकुमार आचार्य संग पालिकाका विकास,सुशासन,पछिल्लो समय स्थानीय तहमा कोरोना भाइरसको महामारीको प्रभाव,यसको व्यवस्थापनका सवालसंग सम्बन्धित रहेर कुराकानी गरेका छौँ ।

स्वागत तपाईलाई अनलाईन केन्द्रमा

धन्यवाद

आज हामी थाक्रे गाँउपालिकाले गरिरहेका कामहरुको विषयमा कुराकानी गछौँ । विगतदेखि अहिले कोरोना महामारीको बेलासम्म आइपुग्दा के–के गर्यो गाँउपालिकाले भन्ने सवालमा कुराकानी गछौँ । पछिल्लो समय पालिकाको सम्मृद्धीको लागि रोल मोडलका योजनाहरु बताइदिनुस् न ।

सर्वप्रथम त म अनलाईन केन्द्रलाई धन्यवाद दिन चाहन्छु । जसले अहिले महामारीको बेलामा , हिजोको काम,अहिले गरिरहको ेकाम र भोली गर्ने योजनाको सवालमा आफ्नो भनाइ राख्न अवसर दिनुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु । यहाँहरुलाई अनुरोध गर्छु, हामी वास्तवमै २०७४ साल बैशाख ३१ ग्ते निर्वाचित भइसेकपछि पश्चात असाध्यै महत्वकांक्षाका अथवा सोचका आधारमा गाँउपालिकालाई सम्मृद्ध बनाउने अभियानको साथ जाने सोच बनाइरहदा हामीसंगको पुर्वाधारको हिसाबले ,अरु कर्मचारीको व्यवस्थाको हिसाबले आफ्नै भवन नभइरहेको अवस्थामा सबै व्यवस्थापन गर्ने कुरा विशेष हुँदोरहेछ । त्यो कारणले पनि सोचेअनुरुपको प्रगती हामीले हासिल गर्नसक्ने अवस्था रहेन् ।

हाम्रो एउटा सोच र चिन्तन भनेको चाँही बजेट भन्नेबित्तिकै सबै कुराहरु पुरा हुन्छन् । असाध्यै विकास हुन्छ, मुख्य कुरा नै आर्थिक पाटो हो भन्ने सोच थियो , त्यो गलत रहेछ भन्ने हामीले बुझ्यौँ । त्यो संगै हामीले विभिन्न योजनाका साथ अरुको भन्दा फरक ढाँचा अथवा अलि फरक सोचले जनताको बिचमा जाने, जनताको अवश्यकताको योजना छनोट गर्ने, जुन विधि प्रक्रियाहरु छन् त्यो पालना गर्दै जाने, त्यो गर्दै आयौँ । तर हामीसंग कर्मचारी,आतर हामीसंग कर्मचारी,आफ्नै भवन,सबै कुरा नभइरहदा , अहिलेसम्म आइरहदा अब पालिकाका सबै वडाहरुमा सचिवको व्यवस्थापन,प्राविधिकहरुको व्यवस्थापन भइसकेको अवस्था छ तरपनि हिजो गरिरहको कामहरु, जस्तोः खानेपानी ,विद्यालय, बाटो,सामुदायिक भवन यी विकास निर्माणका कामहरु हुन् । त्यो भन्द्या एक कदम अघि बढेर हामीले पालिकाको कसरी सम्मृद्धी छ ? भनेर हामीले सोच र चिन्तन गरिरहदा हरेक समुहलाई हरेक घर परिवारलाई हरेक घरका महिलाहरुलाई समुहमा आबद्ध गराउदै, पछाडी पारिएका अथवा विभेद गरिएका समुदायको पनि आवाज उठ्ने गरी सबै व्यवस्थापन हुने गरी हामीले एक घर एक सदस्य महिलाको अवधारणा अनुसार त्यो संगै हरेक योजनामा ५० प्रतिशत महिला अनिवार्य सहभागिता हुनेगरी ३३ प्रतिशत नेतृत्व नै हुनेगरी विकास निर्माण योजनाका समतिमा महिलालाई सक्रिय सहभागी गराउदै गयौँ । त्यतीमात्रै गरेनौँ । गतबर्ष हामीले हरेक योजनाको जिम्मेवारी बाँडफाँड र प्राथामिकिकरण गर्दै गयौँ । त्यसो गरिरहदा हामीले विगत बर्षहरु भन्दा निर्वाचित सदस्यहरुलाई जिम्मेवारी बाँडफाँडको हिसावले उहाँहरुलाई पनि अपनत्व हुने, जिम्मेवारी बोध हुनेगरी देशका अरु पालिका भन्दा एक कदम अघि बढेर निर्णय गयौँ ।

त्यो संगसंगै कोभिड १९ ले हामीलाई पनि असाध्यै प्रभावित पार्यो । सोचका कामहरु अघि बढाउने कुरामा समस्या आयो र पनि कोभिड १९ हुँदा पनि थाक्रे गाँउपालिकामा १ दिन पनि कामहरु बन्द गरेनौँ । सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षाको सावधानी अपनाउदै निरन्तर जनताको सेवामा सर्मपित भइरहयौँ । त्यतीमात्रै होइन शिक्षा विकासको पुर्वाधार, विकासको पहिलो खुड्किलो भएको कारणले अनिवार्य शिक्षालाई प्राथामिकतामा राख्दै हामी निर्वाचित भएर आइसकेपछि बिद्यायललाई अनुदानको व्यवस्था गयौँ । अनुदान मात्रै नभएर अहिले लगभग ९३ वटा दरबन्दीको व्यवस्था गर्र्दै अव बिद्यायलमा शिक्षाको हिसाबले अरु कुनै बिद्यार्थीहरुले पैसा तिर्न पर्ने बाध्यताको अन्त्य गरेका छौँ । परिक्षाका नाममा होस् भर्नाका नाममा होस् , अन्य शिर्षकको नाममा होस् पैसा तिर्न पर्ने अवस्था छ्रैन् । गुणस्तरिय शिक्षा व्यवस्थापन गर्ने काममा लाग्यौँ । हामीले हिजो घोषणापत्रमा उल्लेख गरेजस्तै हरेक वडामा एक सडकमा १२ महिना गाडी चल्न सक्ने बनाउने, काठको पुललाई विस्थापन गर्ने, भुकम्पपिडितहरुको नाम समावेश गर्ने काम गयौँ ।

अपवादका रुपमा हामीकहाँ एउटा समस्या थियो, २९५ घरधुरी भुकम्प गइसकेपछि मापदण्ड तयार नहुँदै बनेका घरहरु थिए । तिनिहरुलाई पनि पुर्ननिर्माण प्राधिकरणको दायराभित्र ल्याउनुपर्ने अवस्था थियो । हामीले पटक–पटक प्राधिकरणका कार्यकारी निर्देशक ज्युसंग भेट्यौँ । त्यो विषय सम्बोधन भयो । त्यो संगै हाम्रो पालिकामा १९९५ वटा काठको पुल रहेको थियो । त्यसमा एक हजार भन्दा बढी काठका पुलहरुलाई हामीले विस्थापन गरिसकेका छौँ । लगभग ८/९ सय काठका पुललाई पनि विस्थपन गर्ने हाम्रो योजना छ । त्यससंगै सडकको कामको सन्दर्भमा पालिकाभरी नै सडकको चौडा गर्ने काम सकिएको छ । नयाँ ट्रयाक खन्ने काम सकिएको छ । नयाँ सडकको केही ठाँउमा चौडा गर्ने काम केहीकेही बाँकी छ । तर यसपालीको बजेटबाट त्यो सम्पन्न गर्ने सोचमा छौँ । गत बर्षमा नै त्यो काम पुरा हुन्थ्यो तर कोभिड १९ लगायतका कारण ती काम समयमा सम्पन्न गर्न सकिएन् । अब हामी ति सडक १२ महिना नै चल्न सक्ने बनाउने अभियानमा छौँ । यो बर्ष ती काम पुरा हुन्छन् ।

अध्यक्ष ज्यु, विकासका आधारभुत पक्षहरु संगै यहाँनेर अर्को प्रश्न गर्न चाहेँ । पालिकामा तपाई आउनुभन्दा अघि कुनै संरचना बनेका थिएनन् । अहिले तपाई आएपछि पालिकामा आधारभुत संरचनाहरु के–के तयार भए ?

गतबर्ष देखि नै हामीले पालिकालाई डिजिटलाइज्ड गर्ने काम शुरु गरिसकेका छौँ । अनलाईन व्यवस्थापन सबै वडामा कार्यक्रम सञ्चालन गरेका छौँ । हरेक वडामा भएको कामलाई पालिकामा जोड्ने काम गरेका छौँ । राजमार्गमा सोलार, सिसि क्यामेरा जडान गरेका छौँ । चोरी,डकैती कम गर्नको लागी हामीले सुरक्षाको लागी । यसपालीबाट वडा,स्वास्थ्य केन्द्रमा अनलाईको व्यवस्थापन गर्न खोजिरहेका छौँ । पालिकामा साविकका गाविस कार्यालय जुन अहिले केही वडा कार्यालयको रुपमा छन् । ति बाहेक अन्य संरचना थिएनन् । अहिले अन्य वडा कार्यालयहरु बन्दैछन् । अहिले ९ नम्बर वडा कार्यालय टेण्डर भएर बन्ने काम भइरहेको छ । अन्य वडाहरुको लागी जग्गा प्राप्ती भएर प्रक्रिया अघि बढेको छ ।

मैले यहाँ स्मरण गराउन चाहन्छु की विगतकै बर्षमा हामीले गाँउपालिका भवन बनाउने निर्णयसहित टेण्डर सहित सम्झौता भइसकेको थियो । तर कोभिड १९ को कारण त्यो सम्भव हुन सकेन् र अहिले भर्खरै पर्खालको काम चाँही शुरु भएको छ । तुरुन्त हामी शिलान्यास गरेर गाँउपालिकाको भवन यसपाली बनाउने अवस्थामा छौँ । अहिलेको आधुनिक युग अनुसार परिवर्तन गर्दै जाने कुरामा धेरै त हिजो धेरै कर्मचारीहरु गाविस चलाएर बस्नुभएको थियो, उहाँहरुलाई पनि पुर्नताजगी गर्नपर्ने छन् । ति कुराहरुलाई पनि हामीले गर्दै गयौँ । विगत २ बर्षदेखि नै हामीले विपन्नसंग गाँउपालिका अध्यक्ष भनेर कार्यक्रम सञ्चालन गरेका छौँ ।

हामीले सिधै विपन्न,पिछडिएका नागरिकले पालिकाको सहयोगमा आय बृद्धी गर्ने अवसर मिलोस र उहाँहरुको पनि विकास होस् भन्ने उदेश्यले पशु पालन वा अन्य आय आर्जनमुलक कार्यक्रमहरुको लागी २५ हजार सहयोग गछौँ र उहाँहरुले पनि लगानी गरेर आनो आम्दानी बृद्धी गर्नुहुन्छ । यो बर्ष अर्को एउटा कार्यक्रम ल्याएका छौँ – उद्यमीसंग उपाध्यक्ष । त्यसलाई पनि हामी २५ हजार सहयोग गछौँ । जो विपन्न हुनुहन्छ , जो कमजोर हुनुहुन्छ । तर सिप छ, ज्ञान छ त्यसका बावजुत पनि लगानी गर्न सक्नुहुन्न उहाँहरुको लागी बाख्रा, पाल्ने, गाई पाल्ने गर्न सक्नुहुन्छ । त्यस्तै विदेशबाट फर्केका नागरिकको लागी यसपाली गाँउपालिकाले नयाँ कार्यक्रम सुरु गर्ने तयारीमा छ । त्यसको लागी बजेट विनियोजन भइसकेको छ । यो भनेको चाँही उद्यमशिल कार्यक्रम । युवा उद्यमीको कार्यक्रम हो जसलाई हामीले १ करोड विनियोज गरेका छौँ । जसमा हामी २/३ वटा बैँकसंग साझेदारी गरेर अघि बढ्ने योजना छ ।

अध्यक्ष ज्यु, थाक्रे गाँउपालिकाका नमुना योजना के छ ? जसलाई मुलुकका अन्य पालिकाले पनि आफ्ना कार्यक्रम बनाउन सकुन्

तपाईले भनेजस्तो विभिन्न पालिकाले त्यस्ता काम गरिरहेका छन् । त्यस्तै थाक्रेले पनि शुन्य प्रतिशत ब्याजदरमा करिब ५ करोड रुपैया पाडी किनेपनि,बाख्रा किनेपनि, त्यो किन्ने हामीले हैन् । त्यो योजना किसान आफैले तयार पार्नुहुनेछ । हामीले यो गर वा त्यो गर भन्ने होइन् । किसान आफैले मसंग योजना छ भनेर दिनुभयो भने अझ बढी अपनत्व होला, अझै कार्यक्रम प्रभावकारी होला भन्ने मेरो सोच हो । जुन कार्यक्रमहरुको अनुगमन जनप्रतिनिधि राखेर अनुगमन समिती बनाउछौँ । जसले कार्यान्वयनको पाटोलाई बलियो गरी सहयोग पुग्छ ।

१ घर १ महिला सदस्य

हामीसंग १ घर १ महिला सदस्य छन् । हामीले यसलाई गेम चेन्जर कार्यक्रमको रुपमा लिएका छौँ । या् तिन बर्षे कार्यक्रम हो । जुन २०७८ सम्म चल्छ । तर यो फेरीपनि निरन्तर हुन्छ । पहिलो चरणमा यसलाई २०७८ सम्म लिएका हौँ । अहिले पालिकाभरी २ सय १२ समुह छन् । त्यो २ सय ७९ समहु जति बन्छन् । त्यसमा कुनै घर पनि छुट्दैन् । त्यसको पनि अनुगमन/निरिक्षण हुन्छ । र त्यो समुहले पनि माग गर्नुहुन्छ । अहिलेसम्म हाम्रो परम्पराले के देखाइरहेका छ भने गाँउमा पाडा,बाख्रा, कुखरा जे भएपनि महिला दिदिबहिनीहरुले संरक्षण गर्ने विषय हो । यसलाई एउटा प्याओ कार्यक्रमको रुपमा लान पनि सकिन्छ । एउटा पाटो यो रह्या्े ।

निशुल्क शिक्षा

अर्को कुरा थाक्रेको अर्को नयाँ काम छ,यो पालिकाले सरकारको भन्दा एक कदम अघि बढेर काम गर्छ जस्तो मैले अघि भने निशुल्क शिक्षाको कुरा थियो । सरकारले घोषणा त गर्यो तर कार्यान्वयन गर्ने सवालका नेपालभरीमै थाक्रे पालिका पहिलो हो जसले पालिकाभरी एक रुपैयापनि शिक्षाको नाममा उठाउन पाइदैन भनेर निर्णय गर्यो । हामीले यो निर्णय ९३ वटा दरबन्दी कायम गर्यो ।

हरेक पालिकामा दुई जना मनोविमर्शकर्ता

अर्को काम नेपाल सरकारले हरेक पालिकामा दुई जना मनोविमर्शकर्ता राख्ने निर्णय गर्यो तर थाक्रे गाँउपालिकाले २ बर्ष भयो त्यो कार्यक्रम शुरु गरेको । हामीले मनोविमर्श कर्ता तालिम गाँउपालिकामै सञ्चालन गर्यौ । यसको आवश्यकता हामीले किन ठान्यौँ भने मनँछेको दिमाग स्वच्छ रह्यो भने मान्छे शारिरिक रुपमा सन्तुष्ट र स्वच्छ रहेर मात्रै पुग्दैन रहेछ उ मानसिक रुपमा पनि स्वच्छ र बलियो हुन आवश्यक रहेछ । अनि मात्रै उसले नयाँ काम, नयाँ उत्साह,जोश जाँगर ल्याउन सक्छ । हामीलाई अहिलेसम्म जुन मानिस सडकमै आइसकेपछि मानसिक रुपमा विच्छिप्त भएर आएको बुझ्यौँ । साना–साना कुरामा पनि झगडा गर्ने, मिलेर बस्न नसक्ने, राम्रा कुरा सोच्न नसक्ने । यसको मुल कारण भनेको डिप्रेसन नै हो । यसैकारणले हामीले थाक्रे गाँउपालिकामा यो खाले समस्याको अन्त्य हुनपर्छ भनेर हरेक वडामा एक जना मनोविमर्शकर्ता राख्ने निर्णय गर्यौ । अहिले ११ वटै वडामा उहाँहरु हुनुहुन्छ । तर कतिपयले यो कार्यक्रमलाई आलोचना गर्ने पनि भए खिसिट्यिुरी गर्ने नि भए । कामहरु गर्दा यस्ता आलोचना आउछन् यसमा कुनै आपत्ती भएन । यतीमात्रै होइन् उहाँहरुले पालिकाका विविध कामका सवालमा हातेमालो गर्नुहुन्छ । उहाँहरु हरेक विकासमा सक्रिय सहभागिता समेत जनाउनुहुन्छ । यो संगै हामीले उहाँहरुलाई के भनेका छौँ भने तपाईहरुले प्रतिव्यक्ती महिनाको ५ सय भन्दा माथी जम्मा गर्न पाउनुहुन्न,त्यो भन्दा घटीमा तपाईको इच्छा अनुसार जम्मा गर्नुहोस् । त्यसमा बार्षिक जम्मा भएको रकममा पालिकाले थपेर २० प्रतिशत रकम प्रोत्साहन पुरस्कारको रुपमा दिन्छौँ तपाईलाई भनेर हामीले निर्णय नै गरेका छौँ ।

त्यो हामी दिन्छौँ नै त्यो दिनपनि एउटा काम गर्नपर्छ उहाँहरुले महिनाको २ दिनचाँही तपाईहरुले श्रमदान भनौँ वा गाँउपालिकाको सम्बृद्धीको लागी समय दिनुपर्छ । जुन समय पालिकाले सामाजिक तथा संरचनागत विकासमा खर्च गर्न सक्छ । यो अभियानले पालिकाले गरेका हरेक काम नागरिकले गर्नुपर्ने दायित्वका विषयमा प्रत्येक घरले थाहा पाउने भयो । जसले पालिकाको सम्मृद्धीको अभियानलाई चाडो पुरा गर्न कोशेढुंगा सावित हुन्छ । हुनत या् काम वडा अध्यक्ष, वडा सदस्यले पनि गरिरहनु भएको छ । वडा अध्यक्षले ३५ वटा सिफारिस गर्नुपर्ने हुन्छ यो संगै समहुको पनि साथ भएपछि महत्वपुर्ण योगदान हुन्छ । यसले जनताले चाहेको विकाश,निर्माण र सामाजिक अभियान पुरा गर्न सफल हुन्छ भन्ने धारणाका साथ हामीले यसलाई थाक्रे गाँउपालिकाको गेम चेन्जर कार्यक्रमको रुपमा लिएका हौँ ।

थाक्रेकै सन्दर्भमा बाँकी कुराकानी दोस्रो श्रृङखला अर्को अंकमा पढ्न नभुल्नुहोला ।

पालिकासंग संवाद श्रृङखला –१

यसबर्ष चन्द्रागिरी नगरमा सबैको घरघरमा खानेपानी पुग्छ: नगरप्रमुख गिरी (अन्तवार्ता)

पालिकासंग संवाद श्रृङखला –२

धुनिवेशी नगरपालिका प्रमुख बालकृष्ण आचार्य भन्छन्–‘धुनिवेशीका जनतालाई सुरक्षित राख्छौँ’ (अन्तर्वार्ता)

संम्बन्धित समचार

Leave a Reply