नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ कार्तिक २०, बिहिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कार्तिक २०, काठमाण्डौ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । पदाधिकारी बैठक बिहिबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्‍न लागेको हो ।

यसअघि सोमबार बसेको बैठक विना निष्कर्ष टुंगिएपछि मंगलबारको लागि बोलाइएको बैठक नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएपछि स्थगित गरिएको थियो । आज बस्ने भनिएको बैठकमा पार्टीको १४ औँ महाधिवेशनको तयारी र समसामयिक राजनीतिक विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस