सुनको भाउ आज एक सय रुपैयाँ घट्यो,तोलाको कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ कार्तिक २०, बिहिबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

कार्तिक २०, काठमाण्डौ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँ घटेको छ । सुन आज तोलामा ९६ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ हिजो तोलामा एक सय रुपैयाँ बढेर तोलाको ९६ हजार ३ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ भने आज ५ रुपैयाँ बढेर तोलाको १२ सय १० रुपैयाँ निर्धारण गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटबढ हुँदा नेपालमा पनि घटबढ हुने गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस