नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या १ हजार ५२ पुग्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक २०, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक २०, काठमाण्डौ । नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि बुधबार ३० जनाको मृत्यु भएको थियो । गत २४ घण्टामा ३ हजार ५१ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ । कुल संक्रमितमध्ये ३६ हजार ५ सय १४ सक्रिय संक्रमित छन ्।

गत २४ घण्टामा १३ हजार ६८ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै पिसिआर परीक्षणको संख्या १५ लाख ७ हजार १ सय ९० पुगेको छ । हाल १ हजार २ सय ३२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस