आज कुन जिल्लामा कति संक्रमित थपिए ? (जिल्लागत विवरणसहित)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक २०, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक २०, काठमाण्डौ । नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ । गत २४ घण्टामा मात्र ३ हजार ५१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश १ को इलाममा ३, उदयपुरमा १९, ओखलढुंगामा ६, झापामा १ सय १०, तेह्रथुममा ३, धनकुटामा ११, भोजपुरमा १, मोरङमा १ सय २१, संखुवासभामा ३ र सुनसरीमा १ सय ३ जनामा कोरोना भेटिएको छ । प्रदेश २ को धुनषामा १८, पर्सामा १४, बारामा ८, महोत्तरीमा ३, रौतहटमा १, सप्तरीमा १३, सर्लाहीमा १० र सिरहामा १२ जनामा कोरोना पाइएको छ ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ९१ जनामा कोरोना पुष्टि भएको छ । काभ्रेमा ७२, चितवनमा ९९, दोलखामा ३, धादिङमा ८, नुवाकोटमा २८, भक्तपुरमा १ सय ४७, मकवानपुरमा ६, रसुवामा २, रामेछापमा ५, ललितपुरमा १ सय ६०, सिन्धुलीमा ३ र सिन्धुपाल्चोकमा १० जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १ सय २३, गोरखामा ११, तनहुँमा २३, नवलपरासी पूर्वमा ७२, पर्वतमा १४, म्याग्दीमा १, लमजुङमा ३, बाग्लुङमा ७ र स्याङजामा २५ जनामा कोरोना पुष्टि भएको छ ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १०, कपिलवस्तुमा ८, गुल्मीमा १७, दाङमा १२, नलवपरासीमा ३७, पाल्पामा ३ सय १८, प्यूठानमा ३, बर्दियामा १९, बाँकेमा ३१ र रुपन्देहीमा १ सय ४२ जनामा कोरोना पाइएको छ । यस्तै, कर्णाली प्रदेशको सल्यानमा २ र सुर्खेतमा ३ जनामा कोरोना पुष्टि भएको छ । सुदूरपश्चिमको अछाममा १, कञ्चनपुरमा १६, कैलालीमा ५२, डोटीमा ३, बझाङामा २, बाजुरामा १ र बैतडीमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस