धादिङमा आज थप ५ जनामा कोरोना संक्रमण, संक्रमित संङ्ख्या ११ सय ९५ पुग्यो !

Post Thumbnail

कार्तिक २०, धादिङ । धादिङमा आज ५ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितहरु धादिङको धुनिबेशी नगरपालिकाका २ जना, बेनीघाट रोराङ गाउँपालिकाका २ जना र नीलकण्ठ नगरपालिकाका १ जना रहेको स्वास्थ्य कार्यलय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिए । यससँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या १ हजार १ सय ९५ पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस