कार्तिक २१, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेबीच आज भेटवार्ता हुंदैछ । सीमा विवादका कारण दुई देशबीच लामो समयदेखि औपचारिक वार्ता हुन नसकिरहेको बेला प्रधाानमन्त्री ओली र भारतीय स्थल सेनाध्यक्षबीचको भेटलाई चासोका साथ हेरिएको छ । भारतीय स्थल सेनाध्यक्ष नरवणे नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गर्न बुधबार नेपाल आएका हुन् ।