निर्मला हत्या प्रकरण : ‘२४ घण्टाभित्र अपराधी पक्राउ नगरे देशभर आन्दोलन गर्ने अनेरास्ववियूको चेतावनी’

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ भाद्र २९, शुक्रबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

भाद्र २९,काठमाडौँ । नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले देशभर भईरहेको बलात्कार र त्यसपछि भएको हत्याको विषयलार्य लिएर आन्दोलन सुरु गरेको छ । राजधानीमा रहेको सरस्वती क्याम्पसमा विद्यार्थी नेता र सत्तापक्षकै नेताहरुले निर्मला हत्याकाण्डको दोषीलाई पक्राउ गर्न ढिलाई भएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन ।

नेताहरुले दोषीलाई २४ घण्टाभित्र पक्राउ गरी कडा सजायको माग राखेका छन । सो क्रममा अनेरास्ववियूका केन्द्रिय सचिव सुदेश पराजुलीले यसैगरी बलात्कार र हत्याका घटना भईरहन्छ भने नेपाली विद्यार्थी टुलुटुलु हेरेर बस्न नसक्ने बताए । नेता पराजुलीले निर्मला बलात्कार घटनामा पुलिस प्रशासनको संलग्नता भएको दावी गर्दै उनले एसपी डिल्लीराज विष्ट र प्रहरी निरिक्षक भट्टलाई प्रहरीले २४ घण्टाभित्र पक्राउ गरी जेल हाल्न माग गरे ।

उनले सम्पुर्ण खोज र अनुसन्धानबाट विष्ट र भट्टको संलग्नता भएको प्रष्ट पार्दै उनले सरकारले डिएनए परिक्षणमात्रै गरेर नपुग्दै पक्राउ गरेर अनुसन्धानलाई गति दिन माग गरे । उनले कानुनकै रक्षा गर्ने प्रहरी प्रशासनमाथी नेपाली जनताले औला उठाउन पर्ने बेला आएकोमा दुख व्यक्त गरे । उनले अपराधीलाई २४ घण्टाभित्र नियन्त्रणमा नलिए आन्दोलनलाई अझै सशक्त बनाउने चेतावनी दिए ।

कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य दिलु पन्तले देशमा अबचाँही आन्दोलन गर्न पर्दैन की भन्ने सोचेको तर देशमा बढीरहेको बलात्कार हत्या जस्तो जघन्य अपराधले टाउको उठाउदा चुप लागेर बस्न नसकिने धारणा व्यक्त गरिन । उनले अपराधी जस्तोसुकै शक्तिशाली भएपनि कानुनको कठघरामा उभ्याउनुपर्ने बताईन ।

ताजा अपडेट

खोजी गर्नुहोस