ओली–नेपाल बैठकमा के–के भयो ? नयाँ समिकरण बन्ला ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक २३, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक २३,काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका करिष्ठ नेता माधव नेपालसहित चार स्थायी समिती सदस्यसंग आज छलफल गरेका छन् । उनले पार्टी गम्भीर मोडमा पुगेको भन्दै आफूलाई सहयोग गर्न पूर्वप्रधानमन्त्री तथा पार्टी वरिष्ठ नेता माधव कुमार नेपालको सहयोग मागेको स्रोतले बताएको छ ।

पार्टी अहिलेसम्मकै दयनीय अवस्थामा पुगेको दावी गर्दै यस्तो अवस्था केही न केही गर्नुपर्ने भन्दै ओलीले माधव नेपालको सहयोग मागेको बैठकमा सहभागी एक नेताले बताए । ‘प्रधानमन्त्रीले पार्टी अन्यन्तै दयनीय अवस्थामा पुगेको बताउनु भयो । यसअघि विवाद मिलाउन कार्यदल गठन गर्नु भन्दा अघिकै अवस्थामा पुगेको छ । यस्तो हो भने किन बसिरहने त ? तपाईँको सहयोग चाहियो भनेर माधव कमरेडलाई भन्नुभयो’, बैठकमा सहभागी ती नेताले भने ।

तर नेता नेपालले पार्टी यो अवस्थामा पुग्नुमा ओलीनै कारक रहेको भन्दै सच्चिन आग्रह गरेका थिए । उनले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै प्रधानमन्त्री लचक बन्दै अहिले भइरहेका गुटगत भेला रोकिनुपर्नेमा जोड दिएका थिए ।

तर ओलीले गुटगत रुपमा हुँदै आएका मदन भण्डारी फाउन्डेशन र जबजका कार्यक्रम हुनै पनि हालतमा नरोकिने अडान लिएका थिए । कार्यकारी अधयक्ष प्रचण्डसहित सचिवालयका ५ नेताले बैठक बोलाउन माग गर्दै ओलीलाई पत्र बुझाएको भोलिपल्ट बालुवाटारमा छलफल भएको हो । छलफलमा नेता भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायतको समेत सहभागीता रहेको बताइएको छ ।

यद्यपी यो बैठकमा माधव नेपाल पक्षलाई कन्भिन्स गराउन ओलीले प्रयत्न गरेपनि ओलीको गुटगत भेला नरोक्ने अडानले नेपाल पक्ष ओलीको व्याख्यामा चोचोमोचो नमिलाउने प्रष्ट रहेको नेकपाका एक नेताले बताए । उनका अनुसार अहिले नै कुनै नयाँ समिकरण बन्ने सम्भावना छैन् । ओली पार्टी पद्धती अनुसार नचल्ने, प्रचण्ड–माधव समुह पार्टीलाई विधिमा हिँडाउन पर्ने लाइनले नेकपा झन अप्ठ्यारो परिस्थितीमा आउने ति नेताले आंकलन गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस