विश्वमा कोरोना स्थिती : संक्रमितहरुको संख्या ५ करोड नाघ्यो, मृत्यु हुनेको संख्या १२ लाख धेरै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक २४, सोमबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

कार्तिक २४, काठमाडौं । विश्वभर कोरोना भाइरस कोभिड–१९ बाट संक्रमित हुनेको संख्या पाँच करोड नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या पाँच करोड चार लाख सात हजार ४१० पुगेको छ । आइतबार मात्र विश्वभर पाँच लाख ६० हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका हुन् ।

त्यस्तै अहिलेसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या पनि १२ लाख ५६ हजार २५४ पुगेको छ । आइतबार मात्र विश्वभर कोरोनाबाट पाँच हजार ७४१ जनाको मृत्यु भएको हो । अहिलेसम्म सबैभन्दा धेरै संक्रमित अमेरिकामा भेटिएका छन् । अमेरिकामा अहिलेसम्म करिब एक करोड कोरोना संक्रमित फेला परिसकेका छन् भने दुई लाख ३७ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । त्यस्तै भारतमा ८५ लाखभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् भने मृत्यु हुनेको संख्या एक लाख २६ हजार नाघेको छ । ब्राजिलमा कोरोना संक्रमित ५६ लाख नाघेका छन् भने एक लाख ६२ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । अहिलेसम्म विश्वभरका नौ मुलुकमा कोरोना संक्रमितको संख्या १० लाख नाघिसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस