मोरङमा कोरोना संक्रमणबाट एकै परिवारका २ जना दाजुभाईको मृत्यु

कार्तिक २४, विराटनगर । कोरोना भाइरसको संक्रमणबाट मोरङमा एकै परिवारका २ जना दाजुभाईको मृत्यु भएको छ । केराबारी गाउँपालिका–३ मा ६ दिनको अन्तरालमा कोरोना संक्रमणबाट एकै परिवारका दाजुभाईको मृत्यु भएको हो । केराबारी गाउँपालिका–३ का ५७ वर्षीया पुरुषको कोरोना संक्रमणबाट कात्तिक १८ गते मृत्यु भएको थियो । त्यसको ६ दिनपछि आइतबार उनका ५९ वर्षीय दाईको पनि मृत्यु भएको केराबारी गाउँपालिकाले जानकारी दिएको छ । ५९ वर्षीय दाईको विराट मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । आइतबार मृत्यु भएका उनमा कात्तिक ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । दसैंको टीकाको दिनयता उनी अस्पतालमा थिए ।

मृतकका ५७ वर्षीय भाइमा भने ५ कात्तिकमा कोरोना पोजेटिभ देखिएको थियो । उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसनमा कात्तिक १८ गते मृत्यु भएको हो । कोरोना संक्रमणका कारण मृत्यु भएका उनी शिक्षक हुन् । उनी पालिका स्तरीय कोभिड १९ नियन्त्रण समिति सदस्य पनि थिए ।

संम्बन्धित समचार

Leave a Reply