नेपालमा थप २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि, संख्या १ लाख ९७ हजार २४ पुग्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक २४, सोमबार (३ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

कार्तिक २४, काठमाडौ । पछिल्लो २४ घण्टाको अवधिमा २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार १ सय १७ जनाको नमुना पीसीआर विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना भाइरस संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ७ सय ९८ जना निको भएका छन् ।

कुल संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । यीमध्ये ३६ हजार १ सय ७४ जना सक्रिय संक्रमित रहेका छन् । १ लाख ५९ हजार ७ सय २४ जना निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । हालसम्म १५ लाख ५१ हजार २ सय ५४ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका विभिन्न आइसोलेसनमा ९ सय ६७ जना रहेको मन्त्रालयको तथ्यांक रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस