भुमरीमा नेकपाः खतराको घण्टीमात्रै बज्दैछ की बाँध फुटिसक्यो ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक २४, सोमबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

-राज ढुंगाना                           

नेपालमा एउटा चर्चित भनाई छ–’माल पाएर चाल पाइएन भने दुख पाइन्छ’ मतलव आफुसंग भएको अवसर,समय वा वस्तुको सही सदुपयोग गर्न सकिएन भने त्यो फुत्केर जान्छ । यही भनाई लागु हुन्छ नेपाली राजनितिको शिखरमा रहेको पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी’मा । जनताले तत्कालिन दुई मुख्य पार्टी नेपाल कम्युनिष्ट पार्टी एमाले र एकिकृत नेकपा माओवादीलाई एक भएको पुरस्कार स्वरुप गएको निर्वाचनमा बलियो मत दिएर सत्तामा पठाए । मुलुकमा शान्ति होला,विकास होला,मुलुक सम्मृद्धीको दिशामा जाला, राज्य लोककल्याणकारी होला,सुशासन कायम होला भन्ने जनताको मुख्य अपेक्षा थियो । यद्यपी सरकारमा गएदेखि नै सत्तासिन पार्टी एकपछि अर्को आन्तरिक विवादमा फस्न गयो । पार्टी एकिकृत त भयो तर सत्ताधारी पार्टीभित्रै प्रमुख विवाद रहदा सरकारले न त कामको गति पक्रियो न त पार्टी एकताका सम्पुर्ण कार्यहरु सकिए । पटक–पटक नेकपा फुटको संघारमा पुगेको आभाष तिनै नेताहरुले दिलाए । सो क्रम यतिबेला पनि जारी छ ।

खासमा प्रधानमन्त्री समेत रहेका नेकपाका पहिलो अध्यक्ष केपी शर्मा ओलीले प्राय. दाउपेचको राजनिति गरिरहे । यसमा नेकपाका दोस्रो नम्बरका अध्यक्ष प्रचण्डले पनि सकेको गरिरहे । यद्यपी दुई नेताको लँडाईमा बरिष्ठ नेता माधव नेपालको खासै भुमिका रहेन । पार्टी एक भएको २९ महिना बित्दा नेकपाको सबै विषय,सिदान्त, शक्ति सबै ३ नेतामै सिमित रह्यो । पार्टी एक त भयो तर नेकपा हावा भरेको बेलुन जस्तो हावामै उडिरह्यो । जसरी ओलीले उखान टुक्का र कथाले जनतालाई हावामै उडाइरहे । ओलीले सत्तालाई कसरी सुरक्षित गर्न सकिन्छ भनेर कहिले कुन नेतालाई प्रयोग गरे । कहिले कुन नेतालाई प्रयोग गरिरहे । ओलीइतरका नेताहरु पनि पार्टीको काममा भन्दा अवसरकै खोजीमा नाचिरहे । जसले गर्दा नेकपाभित्रै सत्तापक्ष र प्रतिपक्षको अभ्यासको झझल्को देख्न राम्रैगरी पाइयो । २०७५ जेठ ३ गते तत्कालिन दुई पार्टी मिलेर एकता भएपनि २९ महिना बित्दा पुर्वपार्टीको संलग्नता ट्याग लागिरह्यो । यद्यपी यतिबेलासम्म पुर्वपार्टीलाई नै समातेर बस्ने नेताहरु दुवै पार्टीमा कम छन् । न त पुर्व एमाओवादीमा एक ढिक्का छ । न त पुर्व एमालेमै त्यो परिस्थिती कायम छ ।

मुलुक यतिबेला झिनो आर्थिक बृद्धिदरको लक्ष्य पछ्याउन संघर्ष गरिरहेको छ । विश्वब्यापी फैलिरहेको कोरोना भाइरसले मुलुकलाई शिथिल बनाइरहेको छ । राष्ट्रिय गौरवका आयोजनाले कामको गति लिन सकेका छैनन् । भ्रष्ट्राचारको पारो तल र्ओलिन सकेको छैन् । मुलुक संघियतामा गएपनि तिन तहको सरकारको समन्वय नहुँदा तलका सरकारको केन्द्रसंग असन्तुष्टि बढ्दो छ । स्थानीय र प्रदेशका संरचनाले काम गर्न सकिरहेका छैनन् । त्यसको बाधक केन्द्र सरकारको असहयोगी निती र कानुनी असुविधा रहेको गुनासो तलका सरकारले गरिरहेका छन् । कोरोना भाइरसको महामारीमा पनि व्यवसायिक वातावरण सरकारले बनाउन नसकेको भन्दै व्यवसायी उत्तिकै आकोशित छन् । लाखौ श्रमजिवीको रोजीरोटी गुमेको छ । सरकारले कोरोना महामारीपछि के गर्ने ? आर्थिक प्याकेज कस्तो हुने भन्ने रोडम्याप दिन नसक्दा लगानी गरिरहेका र गर्न खाजेका उद्योगीको मनोवल पुर्ण रुपमा शिथिल भएको छ यी यावत समस्या हुँदाहुँदै पनि प्रधानमन्त्री ओली सब ठिकठाक छ भन्ने तरिकाले कसैसंग सहकार्य,समन्वय नगरी तानाशाही प्रवृतीले सर्वैसर्वा मै हुँ भन्ने ढंगले आफ्नै गानाबजाना गर्नेसंग भलाकुसारी गर्नमै मस्त छन् ! उनलाई मात्रै सत्ताको भोग गर्नुछ ! बाकी सबै व्यक्ति गलत हुन्, अरु केही होइनन् र म नै राज्य हुँ भन्ने शैलीले एकपक्षिय निर्णय गर्दै मुलुकलाई खराव लयमा लैजान खोज्दैछन् । यसो भनिरहदा प्रधानमन्त्री ओलीको यतिसारो विरोध किन ? अन्य सरकारसंग दाज्दै उनका भजनमण्डलीले ओलीको पक्षमा गाना त गाउछन् नै तर खराव कति छ भन्ने कुरा देख्नलाई खराव ठाँउबाट निक्लिएर हेरेपछि मात्रै थाहा हुन्छ । खासमा प्रधानमन्त्री एकोहोरो स्वच्छाचारी हुनुमा सबै ठिकठाक छ, ‘अरु खराव, तपाई देउता’ भन्ने उनका अगाडी पछाडीका सल्लाहकार,उनले संरक्षण गरेर राखेका हुलहुज्जतका कार्यकर्ता नै हुन् । त्यसको उदाहरण त केही महिना अघि ८/१० जनाको हुलले आफ्नै पार्टीका नेताहरुलाई सत्तोसराप गर्दै सडकमा उत्रने भिडलाई सम्झे पुग्छ ।

 यी यावत समस्या हुँदाहुँदै पनि प्रधानमन्त्री ओली सब ठिकठाक छ भन्ने तरिकाले कसैसंग सहकार्य,समन्वय नगरी तानाशाही प्रवृतीले सर्वैसर्वा मै हुँ भन्ने ढंगले आफ्नै गानाबजाना गर्नेसंग भलाकुसारी गर्नमै मस्त छन् । उनलाई मात्रै सत्ताको भोग गर्नुछ । बाकी सबै व्यक्ति गलत हुन्, अरु केही होइनन् र म नै राज्य हुँ भन्ने शैलीले एकपक्षिय निर्णय गर्दै मुलुकलाई खराव लयमा लैजान खोज्दैछन् ।

ओलीले आफु संसदबाट निर्वाचित र पार्टीबाट सिफारिस भएको प्रधानमन्त्री हो भन्ने भुलेका छन् । उनले यो कुरालाई भुल्न हुन्न की धेरै आडम्बर, हावा र आफ्ना सहयात्रीकै अप्रिय भइयो भने अमेरिकामा भर्खरै पुर्व भएका राष्ट्रपति डोनाल्ड ट्रम्पको हविगत हुन्छ । जसले ओलीलाई मात्रै हैन नेपाली कम्युनिष्ट आन्दोलन र तिनका अनुयायीलाई जनताले बढार्ने छन् । ओली आफुलाई लोकतान्त्रिक पार्टीको अध्यक्ष भन्ने तर भुमिका तानशाही प्रवृतीको देखाउन मस्त छन् । सोही कारण नेकपाका अन्य नेताहरु उनिप्रती नरम हुन सकेका छैनन् । आफ्नै पार्टीका नेतालाई भारतिय दलाल देख्ने ओली,भोली कुन पार्टीको जगमा बसेर कम्युनिष्ट आन्दोलनलाई उचाईमा पुर्याछन् ? यो मुख्य प्रश्न भएको छ । अहिलेको नेपाली राजनितिमा ।

ओलीको यो लामो प्रधानमन्त्री यात्रा कसरी भइरहेको छ ? खासमा ओलीलाई यति सहज र सरल बनाउने पार्टीका अर्का अध्यक्ष प्रचण्ड हुन् भन्ने ओलीले भुल्न हुन्न । किनकी उनले पार्टी एकता ताका भएको भद्र सहमती आधा/आधा प्रधानमन्त्री बन्ने विषयलाई नै क्लोज गरिदिएका थिए । संघियतापछि स्थिर सरकारको परिकल्पना अनुरुप पाँच बर्ष ओलीले सहज र सरल ढंगले सरकार हाँक्ने र पाँच बर्ष प्रचण्डले पार्टी हाँक्ने वातावरण बनाउन ओली नै चुकेका हुन् । उनले पार्टीसंग सल्लाहमात्रै गरेर अन्य नेतालाई साथमा लिएर अघि बढ्ने वातावरण नै बनाउन सकेनन् । सोही कारण उनि सुविधाजनक सरकारमा पनि पटक–पटक झस्काइमा परिरहे । उनको सरकार र पार्टी बेला–बेला ढुलमुलाइरह्यो । ओलीले यतिसम्म गरेकी आफ्नै पार्टी फुटाउन सुविधाजनक संख्याको अध्यादेश सम्म ल्याएर दुँनिया हसाउन भ्याए । भलै ओली यो कुरामा सहमत हुन सक्दैनन् ।

फेरी पनि नेकपा टिक्ने की नटिक्ने भन्ने निर्णायक भुमिकामा माधव नेपाल रहेको प्रष्ट हुन्छ । यसले अन्य नेताहरुलाई झस्काइरहेको मात्रै छैन् उनिहरु पनि सोही तयारीमा लाग्दा कालन्तरमा नेकपा भन्ने पार्टी नै नरहने होकी भन्ने आशंका मडारिरहेको छ । यहाँ पार्टी एक बनाउछौँ भन्ने शिर्ष नेता नै भोलीको अर्को पार्टीको अभ्यास समेत गरिरहेको धुव्रसत्य भुल्न हुँदैन् । 

नेकपामा पछिल्लो समय प्रचण्ड उपाध्यक्ष जतिको पनि हैसियतमा नभएको अवस्थामा छन् । ओलीले बरु उपाध्यक्ष बामदेव गौतमलाई स्थान दिइरहेका छन् । तर प्रचण्ड आफैपनि आफ्नो माग पुरा गर भन्ने शैलीले बरिष्ठ नेता नेपालको साथ लागेर ओलीलाई पार्टी बैठक राख्न लिखित निवेदन हालिरहेका छन् । यसले प्रचण्डको कार्यकारी फिलिङ्स अब नरहेको प्रष्ट संकेत गर्छ । पार्टीभित्र दर्जन भन्दा बढी नेता शक्तिकेन्द्र हुँदा यतिबेला नेकपा नमिलेको परालको टौवा जस्तो देखिएको छ । जुन टौवारुपी नेकपा कुनैपनि बेला गर्ल्यामगुर्लुम्म ढल्न सक्छ ।
झट्ट हेर्दा नेकपा यतिबेला तत्कालिन राजपाको स्थितीमा छ । राजपामा ६ अध्यक्ष भएजस्तै नेकपामा पनि शक्तिको केन्द्र धेरै नेताहरुमा बाँडिएको छ । पार्टीभित्र शाखा पार्टीको अभ्यास निरन्तर भइरहेको छ । स्वयम प्रधानमन्त्री ओली मदन भण्डारी फाउण्डेशनको नाममा तलसम्मै गुट चलाइरहेका छन् । यता पुर्व माओवादीहरु जिल्ला–जिल्लामा भेला राख्ने क्रम जारी छ । फेरी पनि नेकपा टिक्ने की नटिक्ने भन्ने निर्णायक भुमिकामा माधव नेपाल रहेको प्रष्ट हुन्छ । यसले अन्य नेताहरुलाई झस्काइरहेको मात्रै छैन् , उनिहरु पनि सोही तयारीमा लाग्दा कालन्तरमा नेकपा भन्ने पार्टी नै नरहने होकी भन्ने आशंका मडारिरहेको छ । यहाँ पार्टी एक बनाउछौँ भन्ने शिर्ष नेता नै भोलीको अर्को पार्टीको अभ्यास समेत गरिरहेको धुव्रसत्य भुल्न हुँदैन् ।

नेपाली राजनिति विस्तारै संग्लदै जाने, पार्टीहरु तिव्र धुर्विकरणमा जाने, राजनितिक स्थिरतासहित मुलुक सम्मृद्धीमा जाने परिकल्पना विपरित यतिबेला मुलुकको सत्ताको बागडोर सम्हालिरहेको पार्टी नै अर्को चुनावमा जनतामाझ जानै पर्दैन की भन्ने तरिकाले आफैभित्र लँडाइ गरिरहदा आम नेपाली नागरिकको आशा, निराशामा परिणत हुने चिन्ता सर्वत्र छाएको छ ।यता संगै सुतिरहेको प्रमुख प्रतिपक्षी दल को कुम्भकर्ण शैलीको निदाईले नेकपालाई केहि सहज भएपनि जनता नयाँ विकल्प सोच्न पनि बाध्य हुने तितोसत्य भुल्न कदापी हुँदैन । बाँकी भिरबाट खस्न लागेको गाईलाई रामराम भन्न सकिन्छ काँध थाप्न जान सकिन्न । नेताहरुकै मर्जी ।

प्रतिक्रियाको लागि: [email protected]

ताजा अपडेट

खोजी गर्नुहोस