नेपालको तर्फबाट संयुक्त राष्ट्र संघीय समिति सीईडीएडब्लूमा बन्दना राणा निर्वाचित

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ कार्तिक २५, मंगलबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कार्तिक २५, काठमाण्डौ । महिलाविरुद्ध सबै स्वरुपका विभेद हटाउने सम्बन्धि सम्झौता सीईडीएडब्लू संयुक्त राष्ट्रसंघीय समितिमा नेपालका तर्फबाट बन्दना राणा निर्वाचित भएकी छिन् । उक्त समितिमा राणा १३७ भोट ल्याएर विजयी भएकी हुन् । ११ सदस्यका लागि १९ देशले उम्मद्वारी दर्ता गरेका थिए । तर, तीन देशले उम्मेद्वारी फिर्ता लिएपछि १६ देशबीच प्रतिश्पर्धा भएको थियो ।

उनीहरुलाई १८९ सदस्य देशले मतदान गरेका थिए । राणा यसअघि पनि उक्त संस्थाको सदस्य थिइन् । उनी सन् २०१७ देखि २०२० को कार्यकालको लागि निर्वाचित भएकी थिइन् । उनको उक्त कार्यकाल ३१ डिसेम्बरमा सकिँदैछ । १ जनवरी २०२१ देखि नयाँ कार्यकाल शुरु हुनेछ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस