बाँकेमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक २५, मंगलबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक २५, बुटवल । बाँकेमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । बर्दियाका दुईजना र दाङका एकजना संक्रमितको मृत्यु भएको हो । बर्दियाको ठाकुरद्वारा नगरपालिका–२ का २९ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ । कात्तिक २३ गते साँझ अस्पताल भर्ना भएका उनको सोमबार दिउँसो पौने २ बजे मृत्यु भएको र सोही दिन साँझ ६ बजे कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

यस्तै बर्दियाकै बाँसगढी नगरपालिका( ८ का ३५ वर्षीय पुरुषको वेस्टर्न अस्पताल नेपालगन्जमा मृत्यु भएको छ । खुट्टाको जोर्नी फुस्केको समस्या लिएर कात्तिक २३ गते साँझ अस्पताल भर्ना भएका थिए ।

यस्तै दाङको घोराही उपमहानगरपालिका–१५ का ६४ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको छ । सोमबार बिहान अस्पताल भर्ना भएको उनको गएराति साढे ९ बजे मृत्यु भएको हो । उनको कोरोना परीक्षण रिपोर्ट भने राति १० बजे आएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस