संसदमा गृहमन्त्रीको जवाफ : ‘दोषीमाथि कारवाही गर्न सरकार प्रतिबद्ध छ’

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ भाद्र २९, शुक्रबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भाद्र २९,काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्न अपराधी केही समयभित्र पत्ता लाग्ने बताएका छन ।

पन्तको हत्याका विषयमा राष्ट्रियसभाका सदस्यले सरकारको जवाफ माग गरेपछि गृहमन्त्री थापाले दोषीमाथि कारवाही गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट गरे । कञ्चनपुरकी पन्तको बलात्कारपछि हत्या गरिएको थियो । पन्तको कसले बलात्कार गरी हत्या ग¥यो भन्ने विषयमा सरकारले अपराधी पत्ता लगाउन उच्चस्तरीय छानबिन टोली गठन गरे पनि अझैसम्म हत्यारा पत्ता लाग्न सकेको छैन ।

आजै गृहमन्त्री थापाले जनआन्दोलनका घाइते, पत्रकार राजु बस्नेतलाई पक्राउ गर्नुपर्ने कारण, जिल्ला प्रहरी कार्यालय बर्दियामा मृत्यु भएका राममनोहर यादवको मृत्यु र रोल्पा घटनाका विषयमा जानकारी दिए । उनले प्राकृतिक प्रकोपका कारण देशका विभिन्न जिल्लामा भएको धनजनको क्षतिको विवरण पनि दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस