नेपालमा कोरोना संक्रमणमुक्त हुने ब्यक्ति तुलनात्मक रूपमा कम

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक २६, बुधबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कार्तिक २६, काठमाण्डौ । नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुने दर तुलनात्मक रूपमा कम रहेको हुँदा हिउँदमा चिन्ताजनक अवस्था आउनसक्ने विज्ञहरूले बताएका छन् । दक्षिण एशियाली देशहरूको तुलना गर्दा नेपालको संक्रमणमुक्त हुने दर छैठौँ स्थानमा छ ।

नेपालमा संक्रमित हुनेको संख्या १,९९,७६० पुग्दा १,६०,५७७ जना अर्थात् ८० प्रतिशत संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अवैतनिक सल्लाहकार डा।सुरेश तिवारीका अनुसार जाडो याम नजिकिँदा सङ्क्रमणमुक्त हुने दर बढाउने चुनौती रहेको छ । यो दर पछिल्लो तीन सातामा करिब दोबरले बढेको भए पनि अन्य दक्षिण एशियाली मुलुकको तुलनामा नेपाल पछाडि रहेको उनी बताउँछन् । कोरोनाभाइरसका कारण पहिला नै चुनौती छ ।

उनले व्यवस्थापकको कमजोरीका कारण नेपालमा सङ्क्रमितहरू अन्य देशमा भन्दा लामो समय उपचारमा बस्ने र त्यसले सङ्क्रमणमुक्त हुने दर कम देखिने बताए । दक्षिण एशियाली मुलुकमध्ये पाकिस्तानमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त हुने दर सबैभन्दा राम्रो रहेको छ । सुरुमा संक्रमित हुने र मृत्युदर धेरै रहेको पाकिस्तानमा संक्रमणमुक्त हुने दर ९३।६ प्रतिशत रहेको छ। त्यसपछि माल्दिभ्समा ९३ प्रतिशत रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस