उपत्यकाका मेयरहहरु भन्छन्-‘छठलगत्तै १५ दिन लकडाउन गर्नुपर्छ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक २७, बिहिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कार्तिक २७, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको निर्देशक समितिले उपत्यकाका मेयरहरुसँग महामारीको अवस्था, रोकथाम र नियन्त्रणबारे छलफल गरेको छ । त्यसक्रममा अधिकांश मेयरले छठ पर्वपछि १५ दिनका लागि कडा लकडाउन गर्न सुझाव दिएका छन् ।

बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल भन्छन्, ‘संक्रमण बढिरहेको अवस्थामा एकपटक १५ दिन जति कडा लकडाउन गर्न सकिए, न्यूनिकरण गर्न सकिन्थ्यो भन्ने हामी सबैको राय हो ।’ उनका अनुसार हालको स्थितिलाई न्यूनिकरण गर्न पुनः एकपटक कडा लकडाउन गर्नुको विकल्प नभएको मेयरहरुले बताएका छन् ।

छलफलमा सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहित नेपाली सेनाका प्रतिनिधि उपस्थित थिए । मेयरहरुको सुझावमा समर्थन जनाउँदै गृहमन्त्री थापाले पनि उपत्यकामा संक्रमण दर बढ्दै जानु चिन्ताजनक भएकाले तिहारपछिको अवस्था हेरेर कुनै निर्णय गर्नुपर्ने बताए ।

विगतमा लामो लकडाउनका कारण आर्थिक स्थिति पनि कमजोर हुन थालेपछि वातावरण सहज बनाइए पनि लगत्तै भएको नारा, जुलुस जस्ता गतिविधिले संक्रमण दर बढाएको थापाको भनाइ थियो । छलफलमा सहभागी एक अधिकारीका अनुसार उनले निश्चित समय लकडाउन गर्ने वा मोबिलिटी कम गर्ने अथवा अन्य कुनै विकल्पमा छलफल गर्नुपर्ने बताएका छन् । ‘तिहारपछिको संक्रमणको अवस्था हेरेर यस सम्बन्धी निर्णय गर्नुपर्छ’, उनले भनेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस