विद्युत् प्राधिकरणको कामु कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य चयन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ कार्तिक २७, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक २७, काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणको कायम मुकायम कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । प्राधिकरणको बुधबार बसेको सञ्चालक समितिको बैठकले शाक्यलाई कामु कार्यकारी निर्देशकको जिम्मेवारी दिएको सदस्य चेतराज जोशीले जानकारी दिए । विद्युत् प्राधिकरण अन्तर्गतकै इन्जिनियरिङ कम्पनीमा प्रबन्ध निर्देशक रहनुभएका शाक्यलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सोमबार निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएका थिए ।

शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउने उद्देश्यले प्राधिकरणमा तानिएको मन्त्रालय स्रोतले जनाएको छ । मङ्गलबार कामु कार्यकारी निर्देशकको जिम्मेवारी पाएपछि अब प्राधिकरणको कार्यकारी निर्देशक शाक्य बन्ने पक्का जस्तै भएको छ । गएको भदौ २९ गते कुलमान घिसिङ बाहिरिएसँगै प्राधिकरण कार्यकारी निर्देशकविहीन भएको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस