आज थपिएका कोरोना संक्रमित कुन-कुन जिल्लाका हुन् ? (जिल्लासहित)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक २८, शुक्रबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कार्तिक २८, काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा २१११ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा ४, उदयपुरमा ७, ओखलढुंगामा १, खोटाङमा ३, झापामा ५६, ताप्लेजुङमा १, तेह्रथुममा ५, धनकुटामा ३, पाँचथरमा ४, भोजपुरमा ४, मोरङमा १०८, संखुवासभामा ३, सुनसरीमा १०८, सोलुखुम्बुमा ७, धनुषामा १५, पर्सामा ७, बारामा २, महोत्तरीमा ७, रौतहटमा ३, सप्तरीमा १६, सर्लाहीमा ६, सिरहामा १९, काठमाडौँमा ९१९, काभ्रेमा ४०, चितवनमा १४, दोलखामा ७, धादिङमा १७, नुवाकोटमा १७ र भक्तपुरमा १०८ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै मकवानपुरमा २५, रसुवामा १, रामेछापमा ३, ललितपुरमा १८०, सिन्धुपाल्चोकमा ९, सिन्धुलीमा ६, कास्कीमा ७६, गोरखामा ५, तनहुँमा ४, नवलपरासीपूर्वमा ४७, पर्वतमा ३, म्याग्दीमा २, लमजुङमा २, बागलुङमा ६, स्याङ्जामा १०, कपिलवस्तुमा ५, गुल्मीमा ६, दाङमा ८, नवलपरासीमा ७, पाल्पामा १९, प्यूठानमा ४, बर्दियामा १५, बाँकेमा ३३, रुपन्देहीमा ४०, रोल्पामा ७, दैलेखमा १, रुकुमपश्चिममा १, सल्यानमा २, सुर्खेतमा ३, हुम्लामा १, अछाममा १, कञ्चनपुरमा ११, कैलालीमा ४१, डोटीमा ९, दार्चुलामा ३ तथा बझाङमा ४ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ५ सय ३३ पीसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा रहेका व्यक्तिहरुको संख्या ९८६ रहेको छ । यसैगरी हालसम्म ३८७ जना संक्रमितको आईसीयु र ८७ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस