भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २९ हजार !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ कार्तिक २९, शनिबार (३ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

कार्तिक २९, काठमाण्डौ । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ५३९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २९ हजार २२५ पुगेको छ ।

पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४५ हजारभन्दा बढी संक्रमित भएका छन् । थप ४५ हजार ३४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८७ लाख ७३ हजार २४३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ८१ लाख ६१ हजार ४६७ जना संक्रमणमुक्त भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस