आजको मौसम : सामान्यतया देशभर सफा रहने

कार्तिक २९, काठमाण्डौ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली विकसित भएको छैन । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ । आज दिउँसो प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

आज राती कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकि प्रदेशका पहाडी भुभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा फाटफुटरहल्का बर्षाको सम्भावना छ ।

संम्बन्धित समचार

Leave a Reply