नेपालमा १६ लाख बढीको पीसीआर परीक्षण गर्दा थप १९४६ संक्रमित, २५०३ डिस्चार्ज, १३ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक २९, शनिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक २९, काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा १९ सय ४६ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । त्यसैगरी २५ सय ३ जना डिस्चार्ज भएका छन् भने १३ जनाको मृत्यु भएको छ । १६ लाख बढीको पीसीआर परीक्षण गर्दा नेपालमा संक्रमितको संख्या दुई लाख ८ हजार २९९ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये १ लाख ७० हजार ६३२ जना डिस्चार्ज भएका छन् भने देशभर अहिले सक्रिय संक्रमितको संख्या ३६ हजार ४५२ पुगेको छ ।

२४ घण्टामा १३ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १२ सय १५ पुगेको मन्त्रालयले जनाएको छ । देशभर क्वारेन्टाइनमा भने एक हजार ५७ जना रहेका छन् । शनिबारसम्म नेपालमा १६ लाख दुई हजार ६०३ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस