चिनियाँ राजदूतको हस्तक्षेपकारी भुमिका: ओली–प्रचण्डलाई मिल्नैपर्ने दबाव !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर ३, बुधबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर ३,काठमाडौँ । नेपालकै सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) टिठ लाग्दो अवस्थामा पुगेको छ । २०७४ सालको निर्वाचनमा पहिलो र तेस्रो ठूला दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि सबैभन्दा ठूलो र सबैभन्दा बढी मतसहित ठूलो संसदीय दल बनेर स्पष्ट बहुमतसहित पाँच वर्षका लागि सत्ता संचालनको म्यान्डेट पाएको भए पनि नेकपाबीच निकै नै खटपट चलिरहेको छ ।

सत्ता र शक्तिको उन्मादमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष (तत्कालीन एमालेका अध्यक्ष) केपी शर्मा ओलीले अर्का अध्यक्ष (तत्कालीन माओवादीका अध्यक्ष) पुष्पकमल दाहाल प्रचण्डलाई थिचोमिचोमा पारिरहेपछि अहिले सबैभन्दा ठूलो संकट आइलागेको हो ।

त्यतिमात्र हैन ओलीले तत्कालीन एमालेभित्रैका दुई पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र झलनाथ खनालका साथै तत्कालीन एमालेका उपाध्यक्षहरु बामदेव गौतम, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावल लगायतलाई समेत पनि त्यत्तिकै हैसियतविहीन बनाउन खोजेपछि एमालेभित्रै ओलीको रवैयाप्रति चरम असन्तुष्टि छ ।

चिनियाँ राजदूत यान्छी कुटनीतिक मर्यादा नाघेरै मैदानमा

यति हुँदासमेत कुनै गल्ती महसुस नगरेका ओलीको पद र प्रतिष्ठा बचाउन फेरि पनि प्रभुकै लिला अपरम्पार देखिएको छ । नेकपामा जति जति बेला संकट आइलाग्छ त्यति नै बेला प्रभुले दर्शन दिएर समस्या समाधान गरेजस्तै फेरि एक पटक झुल्किएकी छिन् नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छी ।

उनी बिना कुनै मर्यादा पालना गर्दै फेरि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छिरेर पार्टी फुटबाट बचाउन प्रयत्न गरिरहेकी छिन् । उनी मंगलबार मध्यरातमा ओलीलाई भेट्न बालुवाटार पुगेकी हुन् । ओलीले दुई घण्टा यान्छीसँग छलफल गरेको बताइएको छ । यान्छीले प्रधानमन्त्री ओलीलाई राति ८ः१० देखि १०ः१० बजेसम्म दुई घण्टा बालुवाटारमा गएर छलफल गरेकी हुन् ।

प्रचण्डको कमजोरी चिनियाँ सरकार भएकाले पनि यान्छीले ओलीलाई भेटेसँगै प्रचण्ड फेरि पछाडि हट्ने संकेत आइसकेको छ । नेकपाको एकताका बेलादेखि नै सक्रिय हुँदै आएकी यान्छीले जति पटक नेकपामा संकट आइलाग्छ त्यति नै बेला आफ्नो मर्यादा बिर्सेरै भए पनि पार्टी फुटबाट जोगाउन अहम् भूमिका खेल्छिन् ।

नेकपा नेताहरुबीच बढेको विवादले पार्टी नै विभाजनको सम्मुखमा पुगेपछि गत बैशाख र असारमा पनि राजदूत यान्छी यसैगरी सक्रिय भएकी थिइन् ।

सचिवालयमा ओली अल्पतमा परेपछि यान्छीले प्रचण्ड र माधव नेपालसँग अलगअलग भेटेर ओलीलाई सघाउन दबाब दिएकी थिइन् । यसैगरी असारमा पनि यान्छीले प्रचण्ड, नेपाल र खनालसँग भेट गरी विवाद मिलाउन दबाब दिएपछि ओलीको पद जोगिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस