चीन कर्णाली नदी किनारका नेपाली ढुङ्गा प्रयोग गरि तटबन्ध निर्माण

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ मंसिर ४, बिहिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर ४, सिमकोट । चीनले नेपालसँगको सिमाना हिल्साको किट क्षेत्रमा कर्णाली नदी किनारका नेपालपट्टीका ढुङ्गा लगरे आफ्नोतर्फ तटबन्धन निर्माण गरेको छ । जसको कारण उक्त तटबन्धनले नदीको पानीको बहाव नेपाली भूभागतर्फ फर्केको छ ।

नेपाली पक्षको कहिल्यै पनि उपस्थिति नहुने किट क्षेत्रमा चीनले मनोमानी रुपमा नदीको कटानबाट आफ्नो भूभागको सुरक्षा तटबन्धन निर्माण गरेर नदीको बहाव नेपालतर्फ फर्काएको नाम्खा गाउँपालिकाका अध्यक्ष पेमा लामाले बताए ।

त्यो पनि कर्णाली नदी किनारको नेपाल पट्टीको ढुङ्गा लगेर उक्त तटबन्धन निर्माण गरिएको छ । यसबाट चीनको भूभाग कटानबाट सुरक्षित भएको छ भने नेपाली भूभाग कटानको जोखिममा परेको छ ।

यसरी अर्काको जमिनको ढुङ्गा लगेर आफ्नो जमिनलाई सुरक्षित बनाउनु तर अर्काकोलाई जे सुकै होस् मतलव नहुनु हेपाहा प्रवृत्ति भएको कर्णाली प्रदेशसभा प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस