छठको उपलक्ष्यमा व्रतालुहरुलाई सांसद यादवद्वारा साडी वितरण

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ मंसिर ४, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर ४, वीरगन्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले अन्य वर्ष झैं यस वर्षपनि छठ ब्रतालुहरुलाई साडी वितरण गरेका छन् । हिजो देखि सुरु भएको छठ पर्वको अवसरमा बिरगंज १६ नगवा शिव मन्दिर र शिव टोलमा आयोजित एक कार्यक्रममा छठ ब्रतालुहरुलाई साडी वितरण गरेका हुन् । वार्ड न १६ का अध्यक्ष श्यामबाबु चौरसियाको अध्यक्षता तथा पर्सा निर्वाचन क्षेत्र न १ का सांसद एवं जनता समाजवादी पार्टी का केन्द्रिय सदस्य प्रदिप यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा करिब २५० ब्रतालुहरुलाई साडी वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै सांसद यादवले नेपालीहरुको महान एवं पवित्र छठ पर्व गर्ने ब्रतालुहरुले नयाँ साडी लाउनुका परेको ले पर्व छठको विशेष उपलक्ष्यमा ब्रतालुहरुलाई साडी वितरण गरिने कार्य गरिएको बताए । शुद्धतालाई विशेष ध्यान दिइने छठ पर्वको अवसरमा आर्थिक रुपले विपन्न परिवारका ब्रतालुहरुलाई आफुले पाउने सेवा सुबिधा बाट साडी वितरण गरिएको र आगामी वर्षहरुमा समेत यसलाई निरन्तरा दिने बताउदै युवा सांसद यादवले व्रतालु भक्तजनको आवश्यकता अनुसार साडी वितरण गर्ने कार्य सुरु गरेको भन्दै यसलाई निरन्तरता दिने वचनवद्धता व्यक्त गरे।
यसैगरी कार्यक्रममा जनता समाजवादी पार्टी का एकै अध्यक्ष अरुण यादव, एकाई उपाध्यक्ष सेख अब्दुल स्थानीय नेता अशोक साह ,समाजवादी युवा संघका केन्द्रीय सचिव सरोज यादव लगायत स्थानीय ब्रतालुहरुको बाक्लो उपस्थिती रहेको स्वकीय सचिव निखिल वर्णवालले बताए ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस