इन्फास्ट्रक्चर बैंकको आईपीओ प्रस्ताव पारित, एकैपटक ८ अर्बको सेयर आउँदै

मंसिर ४, काठमाण्डौ । इन्फास्ट्रक्चर बैंक निफ्राले चुक्ता पुँजीको ४० प्रतिशतले हुने ८ अर्ब बराबरको साधारण शेयर आइपिओ ल्याउने भएको छ । बैंकको बुधबार बसेको साधारणसभाले सर्वसाधारणका आइपिओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो । हाल १२ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको सो बैंकले सो आईपीओ निष्कासन गरेपछि चुक्ता पुँजी २० अर्ब रुपैयाँ नाघ्नेछ । यो पुँजी नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरेका बैंक तथा वित्तीय संस्थाहरुमध्ये हालसम्मकै सबैभन्दा बढी हुनेछ । कम्पनीले निष्काशन गर्न लागेको कूल कित्तामध्येबाट ०।२ प्रतिशत शेयर कर्मचारीका लागि छुट्याइएको छ । कम्पनीले यसअघिको साधारण सभाबाट नै आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेपनि निष्कासन कार्यले मूर्तरुप नलिएको भन्दै उक्त प्रस्ताव पारित गरेको हो ।

आइपिओ निष्कासन हुन नसकेपश्चात चालु वर्षभित्रै शेयर जारी गर्नका लागि साधारणसभाबाट पुन स्वीकृति माग गरिएको हो । साथै सभाले आव २०७६र ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७र ७८ को लागि बाह्य लेखापरिक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने रहेको छ । ठूला पूर्वाधार परियोजनामा लगानी गर्न सरकारको १० प्रतिशत शेयर लगानी भएको इन्फ्रास्ट्रक्चर बैंकमा ९० प्रतिशत शेयर निजी क्षेत्रको रहेको छ ।

राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरेका जुनसुकै बैंक तथा वित्तीय संस्थाले स्थापनाको ३ आर्थिक वर्षभित्र अनिवार्य रुपमा सर्वसाधारणमा जानुपर्ने व्यवस्था छ । सोही अनुसार निफ्राको साधारणसभाले प्रस्ताव पास गरेको हो । यो प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृत गरेपछि धितोपत्र बोर्डमा स्वीकृतिका लागि बैंकले आवेदन दिनेछ । बोर्डबाट निष्कासन गर्न स्वीकृति प्राप्त भएपछि आईपीओ निष्कासन हुनेछ । बैंकले यही त्रैमासभित्र पुस मसान्त भित्रै आईओ निष्कासन गरिसक्ने लक्ष्य लिएर अघि बढेको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली बताउँछन् । इन्फास्ट्रक्चर बैंकमा हाल नेपाल सरकारसहित बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र कर्पोरेट हाउसको समेत लगानी छ ।

संम्बन्धित समचार

Leave a Reply