‘गलत विचार विरुद्ध लड्न सही विचार नै पर्याप्त हुन्छ, होहल्लाको अर्थ छैन’ : गोकुल बास्कोटा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर ७, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुल बास्कोटाले गलत विचारलाई हाेहल्लाले हाेइन, ‘सही विचार’ले पराजित गर्न सकिने बताएका छन्।

चितवनमा शनिबार पार्टीका नेता सुरेन्द्र पाण्डेलाई पार्टीकै कार्यकर्ताबाट भएकाे अभद्र व्यवहारप्रति लक्षित गर्दै उनले बल हाेइन, विचारमा जाेड दिनुपर्न बताएका हुन्।

हातहरुको सशस्त्रीकरण भन्दा पहिला विवेक र विश्लेषणपूर्ण चेतनाको विकास नै मानवीय सशस्त्रीकरणको वास्तविक पहिचान हुन्छ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, गलत विचार विरुद्ध लड्न सही विचार नै पर्याप्त हुन्छ, होहल्लाको अर्थ छैन।’

ताजा अपडेट

खोजी गर्नुहोस