एटलेटिकोले बार्सिलोनालाई हरायो

मंसिर ७, काठमाण्डौ । एटलेटिको म्याड्रिडले स्पेनिस ला लिगामा अपराजित यात्रा कायम राख्दै १० वर्षपछि लिगमा बार्सिलोनालाई पराजित गरेको छ । घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा एटलेटिकोले १ ० को जित दर्ता गर्दा यानिक फरेर करास्को जितको नायक बने ।

उनले पहिलो हाफको इन्ज्युरी समयमा गोलरक्षक मार्क आन्दर टेर स्टेगनको गल्तिको फाइदा उठाउँदै गोल गरेका थिए । सन् २०१० पछि एटलेटिकोले पहिलो पटक बार्सिलोनालाई हराउँदा डिएगो सिमिओनीले पहिलो पटक बार्सिलोनालाई पराजित गरेका हुन् ।

संम्बन्धित समचार

Leave a Reply