सेञ्चुरी कमर्सियल बैंकको अनलाइन एकाउन्ट सेवा

सेञ्चुरी कमर्सियल बैंकले कोरोना भाइरसको कारणले गर्दा असहज परिस्थिति अन्त्य गर्न ग्राहकका लागि दुई वटा सहज खाता सञ्चालनमा ल्याएको छ। बैंकल कोरोनाका कारणले गर्दा बैंकका सेवाग्राहीलाई पर्न गएको विभिन्न बैंकिङ्ग समस्याको समाधानको निम्ति डिजिटल बैंकिङलाई अझै सहज बनाउने प्रयास स्वरुप सेञ्चुरी सहज खाता र सेञ्चुरी क्लीक एकाउन्ट भन्ने दुई प्रकारको अनलाइन एकाउन्ट सेवा शुरु गरेको हो।

बैंकले प्रेस विज्ञप्ति जारी गर्दै ग्राहकहरुले घरमै बसेर शुन्य मौज्दातमा खोलिने उक्त खाताहरुमा बैंकले वार्षिक ५.५० प्रतिशतको दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्ने जनाएको छ।

सेञ्चुरी सहज खातामा नयाँ ग्राहकले खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गरी सेन्चुरी पेमार्फत वालेटको कारोबार समेत गर्न सकिने विज्ञप्तिमा उल्लेख छ। यस नयाँ सेवा मार्फत ग्राहकवर्गहरुले विभिन्न डिजिटल माध्यमबाट प्रति दिन ५ हजार रुपैयाँ बराबर क्यासलेस कारोबार गर्न सक्ने छन्। उक्त खातामा वार्षिक एक लाखसम्म कारोवार गर्न सकिने पनि उल्लेख छ।

सेञ्चुरी क्लीक एकाउन्टमा नयाँ ग्राहकले अनलाइनबाटै खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गर्न सकिने जनाइएको छ। उक्त खातामा वार्षिक  १ लाख ५० हजार रुपैयाँसम्म कारोवार समेत गर्न सकिनेछ। विशेष गरी विदेशमा रहेका नेपालीहरुलाई लक्षित गरि बैंकले यो खाता संचालनमा ल्याएको जनाएको छ। उक्त खाताहरु खोल्दा आवश्यक भेरिफिकेसन कोड बैंकले आधिकारिक मोबाइलमा वा ईमेलमा उपलब्ध गराउने र सहजै खाता खोल्न र संचालन गर्न सकिने छ।

बैंकको अनलाइन एकाउन्ट सेवा https://onlineaccount.centurybank.com.np/ बाट लिन सकिने उल्लेख गरेको छ । थप जानकारीका लागि बैंकको आधिकारीक वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्नसमेत बैंकले विज्ञप्तिमार्फत अनुरोध गरेको छ।

संम्बन्धित समचार

Leave a Reply