निर्मला पन्तलाई न्यायको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ भाद्र ३०, शनिबार (५ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

भाद्र ३०,काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षकी निर्मला पन्तलाई न्यायको माग गर्दै र बलात्कारविरुद्ध आवाज उठाउन भन्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शनमा सयौं नागरिक सहभागी भएका छन् । निर्मलाको न्यायका लागि दबाब दिन निर्मलाका बुवाआमासहित कञ्चनपुरका अगुवा महिला अधिकारकर्मीहरु काठमाडौं आएका छन् ।

‘निर्मलाको निम्ति न्याय’ भन्दै देशका विभिन्न ठाउँमा नागरिक भेला भइरहेको छ । आजै बिहान गाईघाटको पिपलचोक, काभ्रेको पाँचखाल झापाको काँकरभिट्टामा प्रदर्शन भएको छ ।

यस्तै सिन्धुपाल्चोकको हेलम्बु, बाँकेको नेपालगञ्ज, कास्कीको पोखरा, सप्तरीको राजविराज, सुनसरीको धरान, इनरुवा, इटहरी, मोरङको विराटनगर झापाको दमक र अर्जुनधारामा पनि निर्मलाको न्यायका लागि प्रदर्शन भएका छन् ।

निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्नको दोषीको पहिचान अझै हुन सकेको छैन । प्रदर्शनमा सहभागीहरुले निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई पहिचान गरी कारवाही गर्न माग गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस