दुई दिने भ्रमणका लागि भारतीय विदेश सचिव ११ गते काठमाडौं आउने, को हुन् श्रींगला ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर ८, सोमबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर ८, काठमाण्डौ । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला दुई दिने भ्रमणका लागि ११ गते काठमाडौं आउने भएका छन्। भारतीय विदेश मन्त्रालयले सोमबार श्रींगलाको भ्रमणबारे औपचारिक जानकारी दिएको छ । यही वर्ष भारतीय विदेश सचिवको जिम्मेवारी सम्हालेका श्रींगलाको यो पहिलो नेपाल भ्रमण हो । लिपुलेक र कालापानी क्षेत्रमा विवाद चुलिएपछि उनी काठमाडौं आउन लागेका उनी पहिलो भारतीय उच्च कूटनीतिज्ञ हुन् । भारतले उनको भ्रमणलाई उच्च स्तरीय भ्रमणको परम्पराको निरन्तरता भएको बताएको छ ।

भ्रमणमा क्रममा श्रींगलाले नेपाली समकक्षी भरतराज पौडेलसँग औपचारिक वार्ता गर्ने छन् भने अन्य महत्वपूर्ण राजनीतिक भेटघाट पनि गर्ने छन् । श्रींगला १२ गते नयाँ दिल्ली फर्किने छन् ।

को हुन् श्रींगला ?
यही वर्षको जनवरीमा भारतीय विदेश मन्त्रालयमा प्रशासनतर्फको नेतृत्व सम्हालेका श्रींगला नेपाल(भारतबीच झन्डै एक वर्षसम्म राजनीतिक र कूटनीतिक तहमा औपचारिक वार्ता हुन नसकेका बेला काठमाडौं आउन लागेका हुन् ।
विदेश सचिवका रूपमा उनको यो पहिलो नेपाल भ्रमण भए पनि काठमाडौं उनका लागि एकदमै नयाँ भने लाग्ने छैन। किनकी श्रींगला नेपाली मूलकी आमाका सन्तान हुन् भने उनी फरर नेपाली बोल्न सक्छन् ।
श्रींगलाका बुवाआमा सिक्किमका हुन् । उनीहरू दार्जिलिङमा बस्थे । श्रींगलाकी आमा हरिदेवी बस्नेत हुन् । उनका बुवा टी छिरिङ्ला वैदेशिक व्यापार केन्द्रमा प्रमुख उपनियन्त्रक थिए । उनीहरू घरमा नेपाली बोल्थे । श्रींगलाको जन्म भने मुम्बईमा भएको थियो। जागिरका शिलशिलामा उनका बुवा विभिन्न ठाउँमा गइरहन्थे । आमाबुवाले दुबै जनाको नाम र थर बनाएर सन्तानको नाम राखेका थिए । आमा हिन्दु भएकाले उनको नाम हर्षवर्द्धन भयो भने बाबुको बाट छिरिङ्ला थर बनाइयो । त्यतिबेला मुम्बईमा छिरिङ्ला थर अनौठो थियो। त्यसैले विद्यालयका शिक्षकले उनको थर बिगारेर श्रींगला बनाइदिए। श्रींगला र छिरिङ्ला उस्ताउस्तै सुनिने भएकाले उनीहरू झुक्किएका हुन सक्छन् । झुक्किएर डकुमेन्टमा लेखिएको थर नै पछि उनले प्रयोग गर्ने भए। १९८४ मा श्रींगला भारतीय विदेश सेवामा भर्ना भए ।

ताजा अपडेट

खोजी गर्नुहोस