सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ मंसिर ८, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर ८,काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही नोभेम्बर १८, २०२० मा अमेरिकाको फ्लोरिडामा आयोजित Remtech Awards 2020“पपुलारिटी lhtRemtech Awards 2020 अवार्ड” जित्न सफल भएको छ ।

रेमिटान्स क्षेत्रमा नेपालबाट सामाजिक प्रभावका निम्ती अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको यो पहिलो पटक हो । यस कार्यक्रममा संसार भरबाट ३२ प्रतिस्पर्र्धीहरुले सहभागिता जनाएका थिए ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा प्रभावकारी एवं कानूनी उत्तरदायित्व बहन गरी विश्वासिलो सेवा प्रदान गर्दै समाजमा सकारात्मक प्रभाव पार्न सफल भएको कारणबाट उक्त अवार्ड जित्न सफल भएको हो । यस अवार्ड प्राप्त गर्नाले सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो जिम्मेवारी अझ थपिएको र अबका दिनमा झन चुस्त ,दुरुस्त , छिटो छरिताएवं प्रभावकारी गराउन कोशिश गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

यस अवार्डले हरेक वर्ष विश्वका विभिन्न मुलुकहरुबाट भित्रिने विप्रेषणलाई सुव्यवस्थित गर्न र आप्रवासीहरुलाई विश्वासिलो सेवा प्रदान गर्ने सहयोगको वातावरणलाई प्रोत्साहित गर्दै आइरहेको महशुश गरिएको छ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १०,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, छरितो एवं विश्वासिलो तरिकाले भुक्तानी प्रदान गर्ने, कुनैपनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस