विश्वमा कोरोना स्थिती : मृत्यु हुनेको संख्या १४ लाख नाघ्यो,२४ घण्टामा ७ हजार ६ सय भन्दा धेरैको मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर ९, मंगलबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

मंसिर ९, काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमणबाटमृत्यु हुनेको संख्या १४ लाख नाघेको छ । यो खबर तयार पार्दासम्म गएको २४ घण्टामा ७ हजार ६ सय भन्दा धेरैको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १४ लाख १ हजार २ सय नाघेको वल्डोमिटर्सको तथ्यांकले जनाएको छ ।

त्यस्तै अहिलेसम्म ५ करोड ९४ लाखमा कोरोना पुष्टि हुँदा ४ करोड १० लाख निको भएका छन् । अहिले विश्वभर १ करोड ६९ लाख सक्रिय संक्रमित रहेकामा १ लाख ३ हजारको अवस्था जटिल रहे पनि अरुको अवस्था सामान्य छ ।

विश्वमै सबैभन्दा धेरै अमेरिकामा १ करोड २७ लाखमा कोरोना पुष्टि भएको छ । जसमध्ये ७५ लाख २४ हजार निको भएका छन् भने २ लाख ६३ हजारको मृत्यु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस