धुर्मुसलाई सहयोग जुटाउन पर्यटन व्यवसायीसंगै विद्यार्थी नेता पराजुलीको पनि साथ !

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ जेष्ठ १३, आईतबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

जेठ १३,काठमाडौँ । नेपालको सबैभन्दा पुरानो बिर अस्पताल सरसफाई अभियान धुमुर्श सुन्तली फ़ाउण्डेशनले संचालन गरिरहेको छ । यो महाअभियानलाई साथ र सफल बनाउने उद्देश्यले पर्यटन व्यवसायीद्वारा संकलित रकम पाँच लाख ४८ हजार रुपैयाको चेक पर्यटन व्यवसायी ध्रुव अधिकारी र अनेरास्ववियूका सचिव सुदेश पराजुली रले हस्तान्तरण गरेका छन ।

पराजुली व्यवसायीसंग सहयोग रकम जुटाउन अभियानकर्ताका रुपमा जोडिएका थिए । अभियानलाई पर्यटन व्यवसायी ध्रुव अधिकारीले संयोजन गरेका हु्न, जसमा पर्यटन व्यवसायमा रहेका धेरैको साथ रहेको छ । सहयोग रकम संकलन टोलीले सबै जम्मा गरेर १० लाख सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन । यस्तो असल अभियानमा आफु पनि सहभागि हुने अवसर मिलेकोमा सचिव पराजुलीले खुसी व्यक्त गरेका छन । सहयोग रकम बुझिसकेपछि धुर्मुसले आफुलाई विश्वास गरेर सहयोग गर्नुभएकोमा धन्यावाद भन्दै आगामी दिनमा थप राम्रो काम गर्न हौसाला बढेको बताए ।

सचिव पराजुलीले यो महाअभियानलाई हृदयदेखि सलाम छ भन्दै सबै मिलेर मात्रै देशको हरेक विकासमा अग्रगामी परिवर्तन ल्याउन सकिने बताएका छन । केही दिन देखि विर अस्पतालमा धुर्मुस सुन्तली फाउण्डेसनले सरसफाई गरिरहेको छ । यद्यपी धुर्मुसलाई अस्पतालले नै आईकन बनाएर अभियानमा नेतृत्व गरिदिन पर्यो भनी अनुरोध गरेको थियो । राजधानीमा एक कार्यक्रमका विच सो रकम हस्तान्तरण गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस