अन्ततः ट्रम्प प्रशासनले बाइडेनको जित स्वीकार गर्‍यो !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ मंसिर ९, मंगलबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर ९, काठमाण्डौ । चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले अन्तरिमकालको प्रशासन औपचारिक रुपमा सञ्चालन गर्न सक्ने बताएका छन् ।

नोभेम्बर ३ मा भएको चुनावमा पूर्व उपराष्ट्रपति समेत रहेका जो बाइडेन विजयी भएका छन् । तर कुनै पनि प्रमाण बिना ट्रम्पले धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएका बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले ट्रम्प प्रशासनको सहयोग नमिले पनि र सरकारी सूचना तथा कोषमा पहुँच नदिए पनि अन्तरिमक कालको काम थालेका थिए ।

बाइडेनले आउँदो जनवरी २० मा राष्ट्रपतिको शपथ लिने छन् । त्यसअघि उनको अन्तरिमक प्रशासनले सरकारी सूचनामा पहुँच तथा सो अवधिको कामका लागि स्थान र कोष ट्रम्प प्रशासनबाट पाउनु पर्छ । अहिलेसम्म त्यस्तो हुन सकेको छैन ।

तर ट्रम्पले अन्तरिम प्रशासनको कामलाई औपचारिकता प्रदान गर्नका लागि गर्नु पर्ने सबै प्रक्रिया पूरा गर्न महत्वपूर्ण संघीय निकायलाई निर्देशन दिएको ट्वीट गरेर उल्लेख गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस